Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से विस्तारै समालिदै, ०७४ अंकले घटेको बजारमा ३० करोडको कारोबार

मंगलबार, २४ असोज २०७४, १५ : १५ मा प्रकाशित

नेप्से विस्तारै समालिदै, ०७४ अंकले घटेको बजारमा ३० करोडको कारोबार

अर्थ संसार, काठमाडौं– लगातार ओरालो लागेको धितोपत्र बजार आज भने झिनो अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२२ बिन्दुले बढेको छ ।आज कुल १५५ कम्पनीको ६ लाख ७४ हजार ७८६ कित्ता सेयर रु ३० करोड सत्तरी लाख ६८ हजार ३१९ मूल्यमा कारोबार भएको छ ।

आज विकास बैंक समूह ०.८५, वित्त क्षेत्र ४.५१ र अन्य समूह .६७ अंकले उकालो लागेको छ भने बैंकिङ ०.३, व्यापार ३.३, होटल ६.२१, बीमा ८.९९ र उत्पादन समूहका सेयर ११.६४ बिन्दुले ओरालो लागेको छ । लगातार घट्दै आएको बजारमा सामान्य सुधार हुँदा लगानीकर्तामा विश्वास बढेको बताइन्छ ।

59dc93b83bb24.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको