Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफ इन्स्योरेन्स र आरम्भ माइक्रोफाइनान्सको IPO आउँदै

मंगलबार, २४ असोज २०७४, १३ : ३६ मा प्रकाशित

युनियन लाइफ इन्स्योरेन्स र आरम्भ माइक्रोफाइनान्सको IPO आउँदै

अर्थ संसार, काठमाडौं– बजारमा दुई कम्पनीले साधारण सेयर(आईपिओ ) आउने भएको छ । युनियन लाइफ इन्स्योरेन्स लिमिटेड र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको आईपिओ आउने भएका हुन् ।

कुन कम्पनीको कति ?

युनियन लाइफ इन्स्योरेन्स

भर्खरै मात्र सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रक्रियामा जुटेको छ । 

कम्पनीले कात्तिक १३ गतेको साधारण सभामा सर्वसाधारणका लागि छुट्याइएको ३० प्रतिशत पुँजीको आइपीओ जारी गर्ने विषेश प्रस्ताव पारित गर्दैछ ।

बिमा समितिका अनुसार युनियन लाइफको अहिले चुक्ता पुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आइपीओ जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १४ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड

 आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ करोड ९४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ ।

संस्थाले साधारणसभाबाट जारी पूँजीको ४९ प्रतिशतबाट हुन आउने दुर्इ लाख ९४ हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने भएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरले कम्पनीका कर्मचारी समेतलाई गरी २ लाख ९४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने भएको हो । कम्पनीले एन आई सी एशिया क्यापिटल लिमिटेडलाई सेयर
 निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

59dc7d580b968.gif

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको