Like us!
Follow us!
Connect us!
Watch us!

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रिचार्ड थेलरलाई

मंगलबार, २४ असोज २०७४, ०७ : ५७ मा प्रकाशित

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रिचार्ड थेलरलाई

अर्थ संसार, काठमाडौं– यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रिचार्ड थेलरलाई दिने घोषणा गरिएको छ ।

उनी ‘बिहेभियरल इकोनोमिक्स’का संस्थापकमध्येका एक हुन् । उनी शिकागो बुथ युनिभर्सिटीका प्राध्यापक, विश्वव्यापी रुपमा सर्वाधिक बिक्री भएको नजका सहलेखक पनि हुन् ।

नजले मानिसले कसरी खराब छनौट गर्छ  भन्ने बारेमा जानकारी गराएको छ । यो पुस्तकले ‘नज थ्योरी’ले मानिसलाई राम्रो निर्णय लिनका लागि कसरी सहयोग गर्छ भन्ने बारेमा जानकारी गराएको छ ।

थेलरको कामले अर्थशास्त्रको मनोविज्ञान बुझ्नका लागि उनको कामले योगदान गरेको नोबेल पुरस्कार समितीले जनाएको छ । प्राध्यापक थेलरले यो पुरस्कारबापत ९० लाख स्वीडिस क्रोनर अर्थात ८ लाख ५० हजार पाउन्ड प्राप्त गर्नेछन् ।

“यो रकमलाई सम्भव भएसम्म बिना सोच पूर्व खर्च गर्ने प्रयास गर्ने छु,” ७२ वर्षिय अर्थशास्त्रीले बताए । रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसका निर्णयकर्तामध्येका एक पर स्ट्रोमबर्गले उनको कामले मानव मनोविज्ञानले आर्थिक निर्णयमा कसरी प्रभाव पार्छ भन्ने योगदान गरेको बताएका छन् ।

रिचार्ड थेलरको उपलव्धीले अन्य अनुसन्धानकर्तालाई पनि प्रेरित गरेको स्ट्रोमबर्गले बताए । उनको उपलव्धीले ‘ बिहेभियरल इकोनोमिक्स’ भनिने अर्थशास्त्रको नयाँ क्षेत्रका लागि मार्ग प्रसस्त गरेको उनले बताए । कारोबारबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको