Like us!
Follow us!
Connect us!
Watch us!

अज्ञात समूहले गोली हानेर व्यवसायी शरदकुमार गौचनको हत्या

सोमबार, २३ असोज २०७४, १६ : ०६ मा प्रकाशित

अज्ञात समूहले गोली हानेर व्यवसायी शरदकुमार गौचनको हत्या

अर्थ संसार, काठमाडौं– निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज गोली हानी हत्या गरिएको छ ।

प्रहरीको अनुसार  काठमाडौंको बानेश्वरस्थित ठूलो खरिबोटको नजिकै गौचनमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

बा १३ च ४९४८ नम्बरको ल्याण्डक्रुजर प्राडोमा हिँडिरहेका गौचनमाथि गोली प्रहार भएको हो । उपचारका क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गौचनको देब्रे कोखा र मुटुको नजिक २ वटा गोली प्रहार भएको छ।

कसले र किन गोली प्रहार गर्यो भन्ने कुरा थाहा हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले जानकारी दिए । प्रहरीले अपराधीको खोजी कार्यलाई तीब्र बनाएको छ ।

59db5c49d5616.jpg 59db5c4a4bd5a.jpg 59db5c4a5f3ad.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको