Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट माइक्रोफाइनान्सको IPO भर्नुभयो ? आज अन्तिम दिन

सोमबार, २३ असोज २०७४, ०७ : ४९ मा प्रकाशित

सपोर्ट माइक्रोफाइनान्सको IPO भर्नुभयो ? आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं–  सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे साधारण सेयर (आइपिओ)  भर्नु भयो ? नभरेको भए आजै गएर भर्नुहोस् ।

किन कि भोलीबाट निष्काशन बन्द हुन्छ । सपोर्ट माइक्रोफाइनान्सले १ लाख ८० हजार कित्ता साधारण सेयरनिष्काशन गरेको छ ।

लगानीकर्ताले १८ गते देखि  छिटोमा असोज  (आज) २३ गते  सम्म आवेदन दिन सकिनेछ बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाकाएको छ ।

कम्पनीले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्न गरेको छ ।

सेयर आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ता सम्ममा आवेदन दिन सक्नेछन् ।

कम्पनीले २ प्रतिशत अर्थात ३६ सय कित्ता साधारण सेयरहरु कम्पनीका कर्मचारीहरुको लागि र ५ प्रतिश अर्थात ९ हजार कित्ता साधारण सेयरहरु सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको