Like us!
Follow us!
Connect us!
Watch us!

बैंक बचतमा उच्च लाभ लिने तरिका

आइतबार, २२ असोज २०७४, ०८ : ५१ मा प्रकाशित

बैंक बचतमा उच्च लाभ लिने तरिका

सानो रकम बचत भएको अवस्थामा बैंकको बचत खातामा राख्नु नै उपयुक्त हुन्छ । बचत अलिकति बढी पुुगेको छ । तर घरघडेरी किन्न वा उद्योग–व्यापार गर्न पर्याप्त छैन भने अल्पकालीन लगानीको अन्य ठाउँ खोज्नुपर्छ ।

अनौपचारिक रूपमा ऋण सापटी दिनुु, मिटरब्याजमा लगाउनुु, सेयर खरिद गर्नु, ढुकुटी खेल्नुु जोखिमयुक्त हुन्छ ।

आफ्नो बचतलाई सुरक्षित राख्न र उचित प्रतिफलसमेत प्राप्त गर्न बैंकको मुद्दती खाता उपयुक्त हुन सक्छ । बैंक तथा वित्तीय संस्थाले वार्षिक १२.५ प्रतिशतसम्म ब्याज दिएका छन् ।

तपाईं कर्मचारी हुनुहुन्छ भने सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर बैंकको मुद्दती खातामा जम्मा गर्दा समेत तपाईंलाई बढी प्रतिफल प्राप्त हुन्छ ।

कोषले ९.५ प्रतिशत ब्याजदरमा बचतको ९० प्रतिशत कर्जा दिन्छ । त्यो कर्जा अर्को बैंकको मुद्दती खातामा जम्मा गरेर ३ प्रतिशतसम्म अतिरिक्त ब्याज आम्दानी गर्न सकिन्छ ।

कोषमा ५ लाख जम्मा भएको व्यक्तिले ४।५ लाख कर्जा लिन सक्छ । जुन रकम बैंकको मुद्दती खातामा राख्ने हो भने एक वर्षमा १० हजार ६ सय ८७ रुपैयाँसम्म अतिरिक्त आम्दानी पाउन सकिन्छ । यो बिना मेहनत र बिना जोखिम प्राप्त हुने आम्दानी हो ।

१३र१४ प्रतिशत ब्याज दिने भनेका केही बैंक तथा वित्तीय संस्था विगतमा डुुबेका पनि थिए । अहिले नेपाल राष्ट्र बैंकले सजग भएर नियमन र सुपरीवेक्षण गरेका कारण त्यस्तो अवस्था आउने सम्भावना छैन ।

साथै, सबै खाताको २ लाख रुपैयाँसम्मको निक्षेपको बिमा गरिएको हुन्छ । एक बैंक तथा वित्तीय संस्थामा १ लाख ७५ हजार रुपैयाँको दरले मुद्दती खातामा पैसा जम्मा गर्यो भने जोखिम शून्य हुन्छ ।

आक्रामक बजार विस्तारको चरणमा रहेका बैंक तथा वित्तीय संस्थाले बचत खातामा पनि उच्च ब्याज दिन्छन् । अहिले एनआईसी एसिया बैंकले बचत खातामा ९ प्रतिशत ब्याज दिइरहेको छ ।

शून्य ब्यालेन्समा खाता खोल्न पाइन्छ र खाता बन्द गर्दा पनि कुनै शुल्क लाग्दैन । त्यसैले अन्य बैंकको बचत खातामा रहेको सानोतिनो रकम पनि झिकेर एनआईसी एसियामा राखेर बढी प्रतिफल पाउन सकिन्छ ।

बचत खातामा दिइने ब्याजदर दिगो भने हुँदैन । कुनै पनि बेला बैंकले ब्याजदर घटाउन सक्छ । बैंकहरूले नयाँ खातामा उच्च ब्याजदर दिए पनि पुराना खातामा कम ब्याज दिएका हुन सक्छन् ।

फलानो बैंकमा बचत छ, त्यसले यति प्रतिशत ब्याज दिन्छ भनेर ढुक्क हुनु हुँदैन । आफ्नो खातामा कति ब्याज दिएको छ भनेर बुुझ्नुुपर्छ । नयाँ खातामा मात्र बढी ब्याज दिएको भए पुुरानो खाता बन्द गरेर नयाँ खोल्नुुपर्छ ।

मुद्दती खातामा बैंकलाई कुनै प्रकारको शुल्क तिर्नु पर्दैन । बचत खाता खोलेर चेक मात्र लिए शुल्क लाग्दैन तर अरू सुविधा लिए वार्षिक शुल्क तिर्नुपर्छ ।

कतिपय बैंकले सुरुको वर्ष एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ निःशुल्क दिन्छन् । यदि सेवा रोक्न ग्राहकले निवेदन दिएन भने दोस्रो वर्षदेखि बैंकले बचतबाट शुल्क काट्दै जान्छन् ।

प्रायः बैंकहरूले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको वार्षिक २ सय ५० रुपैयाँ शुल्क लिन्छन् । सबै सेवा लिएको छ भने वार्षिक ७ सय ५० रुपैयाँ ग्राहकको बचतबाट घटिरहेको हुन्छ । कुनै बैंकले इन्टरनेट बैंकिङ निःशुल्क गरेका हुन्छन्, तर पिन नम्बर बिर्सेर वा मिति सकिएर नयाँ जेनेरेट गर्दा उच्च शुल्क लिने गर्छन् ।

मोबाइल बैंकिङ वा एसएमएस बैंकिङ सेवा प्रयोग गर्दा हरेक कारोबारमा समेत शुल्क लाग्छ । मोबाइल वालेटबाट फन्ड ट्रान्सफर, भुक्तानी, मोबाइल रिचार्ज, बैंकलाई रिक्वेस्ट आदि जुनसुकै सेवा लिँदा सिमकार्डको ब्यालेन्स कम्तीमा ५ रुपैयाँ काटिन्छ ।

बैंक ब्यालेन्सबाट नकाटिने हुँदा कतिपय बैंकले यसबारे ग्राहकलाई जानकारी गराउँदैनन् । मोबाइल बैंकिङमा एसएमएस र इन्टरनेट दुुईवटा लगइन हुन्छन् । इन्टरनेट लगइन गरेमा भने मोबाइलको ब्यालेन्स काटिँदैन ।

केही महिना अघिसम्म बैंक तथा वित्तीय संस्थाले एकवर्षे मुद्दती खातामा १४ प्रतिशतसम्म ब्याज दिएका थिए । दसैं अघिसम्म बैंक तथा वित्तीय संस्थाले १३ प्रतिशतसम्म ब्याज दिएका थिए ।

अहिले सार्वजनिक गरिएका ब्याजदर हेर्दा अधिकतम १२।५ प्रतिशत देखिन्छ । १ वर्षभन्दा बढी बचत गर्दा अहिले पनि १३ प्रतिशतसम्म ब्याज पाइन्छ । पैसा आवश्यक पर्न सक्ने भएकाले सामान्यतः एक वर्ष बचत गर्नुु उपयुक्त मानिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरूले एक वर्षभित्रमा ७/८ पटक ब्याजदर परिवर्तन गरेको पाइन्छ । बैंकहरूले मुद्दती खातामा निक्षेप बढाउनुपरेका बेला ब्याजदर बढाएका हुन्छन् ।

वाणिज्य बैंकले अधिकतम ११/१२ प्रतिशत र विकास बैंक तथा फाइनान्स कम्पनीले अधिकतम १३र१४ प्रतिशतसम्म ब्याजदर पुुर्याउने गर्छन् । त्यस्तो मौका हेरेर मुद्दती खातामा पैसा बचत गरेर अधिकतम लाभ पाउन सकिन्छ ।

अहिले एकवर्षे मुद्दतीमा १२.५ प्रतिशत ब्याज दिने फाइनान्स कम्पनीहरू धेरै छन् । युनियन फाइनान्स, रिलायन्स फाइनान्स, जानकी फाइनान्स, गोरखा फाइनान्स, सिनर्जी फाइनान्सले वार्षिक १२.५ प्रतिशत ब्याज दिन्छन् ।

१२ प्रतिशत वार्षिक ब्याज दिनेमा सेन्ट्रल फाइनान्स, गण्डकी विकास बैंक र प्रोगेसिभ फाइनान्स छन्  । त्यसैगरी कैलाश विकास बैंकले ११.७५ प्रतिशत ब्याज दिएको छ ।

११.५ प्रतिशत ब्याज दिनेमा गरिमा विकास बैंक, सिर्जना फाइनान्स, सांग्रिला विकास बैंक, देवः विकास बैंक र ओम डेभलपमेन्ट बैंक छन् ।

गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र महालक्ष्मी फाइनान्सले ११.२५ का दरले ब्याज दिएका छन् । कम्तीमा ११ प्रतिशत ब्याज दिनेमा वाणिज्य बैंकसमेत छन् । सिभिल बैंकले एकवर्षे मुुद्दतीमा ११ प्रतिशत ब्याज दिएको छ ।

ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकले पनि ११ प्रतिशत ब्याज दिएका छन् । युनाइटेड फाइनान्सले १०।७५ प्रतिशत ब्याज दिएका छन् ।

मुक्तिनाथ विकास बैंक र गुडविल फाइनान्सले एकवर्षे मुद्दतीमा १०.५ प्रतिशत ब्याज दिएका छन् । त्यसैगरी, आईसीएफसी फाइनान्सले १०.२५ प्रतिशत ब्याज दिएको छ । वार्षिक १० प्रतिशत ब्याज दिने वाणिज्य बैंक केही छन् । जनता बैंक, कुमारी बैंक र एनसीसी बैंकले १० प्रतिशत ब्याज दिएका छन् ।

कमाइबाट थोरै–थोरै बचत गर्ने बानी गर्नुपर्छ । त्यो बचतबाट अधिकतम प्रतिफल लिई बचतको आकार बढाउँदै जानुपर्छ । यसले भविष्यलाई सहज, सुनिश्चित र सुखी बनाउन मद्दत गर्छ ।

त्यसका लागि निष्क्रिय पैसा, थोरै प्रतिफल दिने पैसा वा जोखिममा रहेको पैसा झिकेर उच्च ब्याज दिने पायक पर्ने बैंक तथा वित्तीय संस्थाको शाखामा जम्मा गरेर ढुक्क हुनुहोस् । कारोबारबाट
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको