Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालन

शनिबार, २१ असोज २०७४, १९ : ३७ मा प्रकाशित

वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालन

  • जीत बहादुर भण्डारी

अर्थ संसार, पाँचथर–पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ ।

फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गर्नुभएको हो । यसबाट उनले मासिक रु ४० हजार आम्दानी गर्न सफल भएको छ ।

वैदेशिक रोजागारीका लागि उहाँ ०६६ सालमा बेल्जियम जानुभयो । त्यहाँ उहाँले झन्डै मासिक रु एक लाख ५० हजार कमाइ गर्नुहुन्थ्यो तर त्यहाँ कमाएको पैसाभन्दा थोरै भएपनि स्वदेशमा नै कमाउनुपर्छ भन्ने सोचाई लिएर चार वर्षपछि उहाँ घर फर्कनुभयो ।

घर फर्किएपछि उहाँले वैदेशिक रोजगारीबाट कमाएको रकम बाख्रापालन व्यवसायमा लगानी गर्नुभयो । अहिले उनको फार्ममा बयर जातका बाख्राबाख्री र त्यसका पाठापाठी छन् । पाठापाठी बिक्री गरेर उनले मासिक रु ४० हजार भन्दा बढी आम्दानी गर्दे आएको छ ।

फार्मबाट उत्पादन भएका पाठापाठी जिल्ला तथा झापा, इलाम, मोरङलगायत विभिन्न जिल्लाका सहकारी संस्था, व्यक्ति र समूदले लैजाने गरेका छन् । दुई महिनासम्म हुर्काएका पाठापाठीे बीउको रुपमा बिक्री हुने गरेका छन् । एउटा पाठा रु १५ हजारसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

नेम्वाङले भन्नुभयो, “अर्कोको देशमा गएर पसिना बगाएर बढी नै धन कमाए पनि बरु स्वदेशमै सिठोपिठो खाएर थोरै पैसा कमाएकोमा आनन्द र गौरव महसुस हुन्छ ।” अहिले पनि समाज र राज्यले कृषकलाई हेर्ने दृष्टिकोण बदल्न नसकेकोप्रति उहाँको गुनासो छ ।

व्यावसायिक रुपमै कृषि तथा पशुपालन क्षेत्रतर्फ लागेका युवालाई राज्यले समेत प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने र हेर्ने दृष्टिकोण समेत परिवर्तन गर्नुपर्ने भनाइ नेम्वाङको छ । उहाँलाई अहिलेसम्म जिल्ला पशुसेवा कार्यालयले रु दुई लाख अनुदान स्वरुप दिएको छ भने उत्कृष्ट कृषक भनेर रु १० हजार रकम र प्रमाणपत्र दिएको छ ।

यस्तै बाख्रापालन व्यवसायलाई अघि बढाउन विभिन्न प्राविधिक सहयोग पनि जिल्ला पशु विकास कार्यालयले गर्दै आएको छ । पशुपालक कृषक नेम्वाङले बाख्रापालन फार्मबाट प्राप्त आम्दानीले फिदिम बजारमै ससेस फ्याक्ट्रीसमेत सञ्चालन गर्नुभएको छ । रु आठ लाखको लागतमा उहाँले ससेस फ्याक्ट्री सञ्चालन गर्नुभएको हो ।

गर्न सक्दा हुँदो रहेछ भन्ने गतिलो उदाहरण दिएको नेम्वाङको अहिले गाउँघरका साथीभाइले समेत प्रशंसा गर्दछन् । आउँदा दिनमा अझै व्यवस्थित र प्रभावकारी ढंगबाट बाख्रापालन गर्दै जाने उहाँको लक्ष्य छ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको