Like us!
Follow us!
Connect us!
Watch us!

चाँदीको मूर्तिसहित भारतीय पक्राउ

शनिबार, २१ असोज २०७४, ०९ : ४३ मा प्रकाशित

चाँदीको मूर्तिसहित भारतीय पक्राउ

अर्थ संसार, विराटनगर– चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सेतो कपडामा बेरेर शरीरका विभिन्न भागमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा विशेष सुराकीका आधारमा इप्रका रानी विराटनगरको टोलीले साहलाई पक्राउ गरेको हो ।

साहका साथबाट रु एक लाख ३० हजार ४२० मूल्य पर्ने चाँदीका मूर्तिका साथै पूजाका सामग्री अन्दाजी दुई किलो १६२ ग्राम बरामद गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको