Like us!
Follow us!
Connect us!
Watch us!

सांसदको सुविधा बढाउने विधेयक संसदमा, कसको कति बढ्दै ? (सूचीसहित)

मंगलबार, ३० कार्तिक २०७३, १२ : ३३ मा प्रकाशित

सांसदको सुविधा बढाउने विधेयक संसदमा, कसको कति बढ्दै ? (सूचीसहित)

अर्थ संसार 

काठमाडौं– सरकारले व्यवस्थापिका–संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिकलगायतका सेवासुविधा वृद्धि गर्ने विधेयक संसद्मा प्रस्तुत गरेको छ । कानुनमन्त्री अजयशंकर नायकले सोमबार विधेयक संसद्मा प्रस्तुत गरेका हुन् । विधेयकमाथि सांसदले सोमबार नै सैद्धान्तिक छलफल गरेका थिए । २०५२ सालपछि सरकारले सांसदको सेवासुविधा वृद्धि गर्ने गरी नयाँ विधेयक ल्याएको थिएन । बीच–बीचमा पारिश्रमिकमा समयसापेक्ष परिमार्जन गरे पनि अन्य सुविधामा भने परिमार्जन हुन नसकेकोमा सांसदले गुनासो गर्दै आएका थिए । विधेयक पारित भएमा सभामुखदेखि सांसदसम्मले अब घरभाडा, पत्रपत्रिका, बैठक भत्ता, यातायातलगायतमा भारी  सुविधा प्राप्त गर्नेछन् ।

पारिश्रमिकमा प्रचलित व्यवस्था नै सरकारले आर्थिक वर्ष २०७३र०७४ मा राष्ट्रपतिलगायत निजामती कर्मचारी सबैको तलबमान २५ प्रतिशतले वृद्धि गरेको थियो । अहिलेको विधेयकमा सभामुखदेखि सांसदसम्मको तलबमान साउनबाटै लागू भएकै कायम गरेर ल्याइएको छ । आवास, सञ्चार, बैठक भत्ता, यातायात सुविधामा भने वृद्धि गरिएको छ । सभामुखले ६७ हजार तीन सय २०, उपसभामुख, विपक्षी दलका नेता, सत्तापक्षका मुख्य सचेतकले ६० हजार नौ सय ७०, विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षका सचेतक, समितिका सभापतिले ५७ हजार सात सय ८० र सांसदले ५५ हजार दुई सय ३० रुपैयाँ पारिश्रमिक पाउँदै आएका थिए । पाइला–पाइलामा पैसा सभामुखदेखि सांसदसम्मले पाइला–पाइलामा पैसा पाउने गरी विधेयक ल्याइएको छ ।

दैनिक भ्रमणमा जाँदा सभामुखले ३ हजार र अन्यले २५ सय रुपैयाँ भत्ता पाउनेछन् । पैदल भ्रमणमा जानुपर्दा भने प्रतिकोसका आधारमा छुट्टै भत्ताको व्यवस्था विधेयकमा छ । सभामुख तथा अध्यक्षलाई प्रतिकोस पैदल भत्ता ३० रुपैयाँ र अन्यले प्रतिकोस २५ रुपैयाँ थप पाउनेछन् । यात्रा बिमाका लागि प्रतिभ्रमण १० लाख रुपैयाँको बिमा हुने विधेयकमा छ । स्वकीय सचिवलाई अब आफ्नै खातामा पारिश्रमिक विधेयक पारित भएमा सांसदका स्वकीय सचिवले अब सीधै आफ्नै निजी खातामा पारिश्रमिक पाउनेछन् ।

यसअघि सांसदको तलबमै जोडिएर सीधै सांसदको खातामा स्वकीय सचिवको पनि पारिश्रमिक जाने गथ्र्यो । तर, त्यसरी पारिश्रमिक स्वकीय सचिवले सबै नपाउने, सांसदले सकभर नदिने र दिए पनि कटौती गरेर थोरै मात्र दिने गरेको आरोप लाग्दै आएको थियो । निजी सचिवालयका लागि यस्तो सुविधा सभामुख र अध्यक्षले आफ्नो निजी सचिवालयमा सहसचिवस्तरको एकजना, उपसविचस्तरको एकजना र शाखा अधिकृतस्तरको एकजना गरी तीनजना स्वकीय सचिव, सुब्बास्तरको कम्प्युटर अपरेटर एकजना, सवारीचालक दुईजना, कार्यालय सहयोगी दुईजना, अंगरक्षक पदिक एकजना, बिल्लादार गार्ड एकजना र १० जना सैनिक जवान सिपाही पाउनेछन् ।

त्यस्तै, अतिथि सत्कारका लागि प्रतिमहिना २५ सय, दुईवटा साइकल र प्रिन्टरसहितको एउटा कम्युटर पनि सुविधाका रूपमा पाउनेछन् । विपक्षी दलका नेताले उपसचिवस्तरका एकजना स्वकीय सचिव, एकजना कम्प्युटर अपरेटर, दुईजना सवारी चालक, दुईजना कार्यालय सहयोगी, अंगरक्षक एकजना, बिल्लादार गार्ड एकजना र १० जना सैनिक जवान निजी सचिवालयमा पाउनेछन् । अतिथि सत्कारका लागि दुई हजार, साइकल दुईवटा र प्रिन्टरसहितको एउटा कम्प्युटर पाउनेछन् । राष्ट्रिय सभामा विपक्षी दलका नेता, सत्ता पक्षका नेता र सत्ता पक्षका मुख्य सचेतकले एकजना उपसचिवस्तरका स्वकीय सचिव, कम्प्युटर अपरेटर एक, सवारीचालक दुई, कार्यालय सहयोगी एकजना पाउनेछन् ।

अतिथि सत्कारका लागि दुई हजार, साइकल एक र प्रिन्टरसहितको एउटा कम्प्युटर पाउनेछन् । उपसभामुख र उपाध्यक्षलाई उपसचिवस्तरका स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक, सवारीचालक दुईजना, कार्यालय सहयोगी एक, अंगरक्षक सहायक प्रहरी निरीक्षक एक, हेड प्रहरी कन्स्टेबल एक र प्रहरी जवान चारजना पाउनेछन् । अतिथि सत्कारका लागि १७ सय, साइकल एक र प्रिन्टरसहितको एउटा कम्प्युटर पाउनेछन् । विपक्षी दलका प्रमुख सचेतक, सत्तापक्षका सचेतक र समिति सभापतिले उपसचिवस्तरको स्वकीय सचिव एक, सवारीचालक दुई, कार्यालय सहयोगी एकजना पाउनेछन् ।

अतिथि सत्कारका लागि १५ सय र एउटा साइकल पाउनेछन् । सांसदले भने शाखा अधिकृतस्तरको एकजना स्वकीय सचिव र अतिथि सत्कारका लागि एक हजार रुपैयाँ सुविधा पनि पाउँछन् । कसको सुविधा के, कस्तो छ प्रस्ताव रु राष्ट्रिय सभामा विपक्षी दलका नेता, सत्ता पक्षका नेता, मुख्य सचेतक राष्ट्रिय सभामा विपक्षी दलका नेता, सत्तापक्षका नेता, मुख्य सचेतकले मासिक पारिश्रमिक ६० हजार ९७०, विशेष भत्ता मासिक १ हजार, बैठक भत्ता प्रतिदिन ५ सय, सञ्चार सुविधा मासिक ३ हजार, आवास सुविधा मासिक २५ हजार ६०८, फर्निचर खर्च एकमुष्ठ १५ हजार, निजी बन्दोबस्त मासिक १ हजार ७ सय ५०, सवारी इन्धन, प्रतिमहिना २३० लिटर, मोबिल त्रैमासिक ५ लिटर, बिजुलीधारा मासिक २ हजार सुविधा पाउनेछन् । अहिले यस्तो छ विपक्षी दलका नेताको सुविधा कर्मचारीतर्फ उपसचिवस्तरका एक, नासु एक, सवारी चालक २, कार्यालय सहयोगी एकजना पाउँदै आएका छन् ।

धारा बिजुली १२ सय ४८, टेलिफोन दुई हजार, आवास २३ हजार पाँच सय, मसलन्द दुई हजार, पत्रपत्रिका तीन सय, पेट्रोल २ सय ३० लिटर, मोबिल त्रैमासिक ५ लिटर दिइएको छ । उपसभामुख र उपाध्यक्ष उपसभामुख र उपाध्यक्षले मासिक पारिश्रमिक ६० हजार ९७०, विशेष भत्ता मासिक १ हजार, बैठक भत्ता ५ सय, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २५ हजार ६०८, फर्निचर खर्च एकमुष्ठ १५ हजार, निजी बन्दोबस्त १७ सय ५०, गार्डघर १७ सय ५०, सवारी इन्धन मासिक २ सय लिटर, मोबिल त्रैमासिक ५ लिटर, बिजुलीधारा मासिक २ हजार सुविधा पाउनेछन् । अहिले यस्तो छ सुविधा बिजुली धारा ६ हजार ७ सय, टेलिफोन ६ हजार ७ सय, आवास २५ हजार, मसलन्द १७ सय, पत्रपत्रिका तीन सय, पेट्रोल २ सय लिटर र मोबिल त्रैमासिक ५ लिटर पाउने गरेका छन् ।

उपाध्यक्ष र उपसभामुखले उपसचिवस्तरका १, नासु १ सवारी चालक २ र कार्यालय सहयोगी १ जना पाउँदै आएका छन् । दलका मुख्य सचेतकको सुविधा कर्मचारीतर्फ उपसचिवस्तरका एक, नासु एक, सवारी चालक २ र कार्यालय सहयोगी एकजना पाउने गरेका छन् । बिजुली धारा १२ सय ४८, टेलिफोन दुई हजार, आवास ८ हजार २५०, मसलन्द दुई हजार, पत्रपत्रिका तीन सय, पेट्रोल २३० लिटर, मोबिल त्रैमासिक ५ लिटर पाउँदै आएका छन् । सत्तापक्ष र  विपक्षी दलका प्रमुख सचेतक र समिति सभापति पारिश्रमिक ५७ हजार ७८०, विशेष भत्ता मासिक १ हजार, दैनिक भत्ता ५ सय, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २४ हजार २६८, फर्निचर सुविधा एकमुष्ठ १५ हजार, निजी सचिवालय बन्दोबस्ती १२ सय, सवारी इन्धन १५० लिटर, मोबिल त्रैमासिक ५ लिटर, बिजुलीधारा २ हजार पाउनेछन् ।

अहिले यस्तो छ सुविधा कर्मचारीतर्फ उपसचिवस्तरका एक, सवारी चालक दुई र कार्यालय सहयोगी एकजना पाउँदै आएका छन् । बिजुली धारा १२ सय ४८, टेलिफोन दुई हजार, आवास ७ हजार ७ सय, मसलन्द १ हजार ५ सय, पत्रपत्रिका तीन सय, पेट्रोल १५० लिटर, मोबिल त्रैमासिक ५ लिटर पाउने गरेको  नयाँ पत्रिकामा खबर छ। 

नेपाल मकाउसँग भिड्दै, इतिहास रच्ने दाउमा नेपाली टोली

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको