Like us!
Follow us!
Connect us!
Watch us!

चलचित्र "काँडेतार" लाई  प्रर्दशनमा रोक

अर्थ संसार

मंगलबार, १२ बैशाख २०८०, ०९ : ०२ मा प्रकाशित

चलचित्र "काँडेतार" लाई  प्रर्दशनमा रोक

सामना फिल्मस् प्रालिद्वारा निर्मित चलचित्र "काँडेतार"लाई सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको छ।  सोमबार सेन्सर बोर्डले अवलोकन गरेको चलचित्रमा खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारबिरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित निर्मित चलचित्रका सम्वाद र दृश्यहरु सेन्सर बोर्डले आपत्ति जनाई थप छलफल गर्नु पर्छ भनी सेन्सर सर्टिफिकेट नदिएको हो। 

"सेन्सर बोर्डसँगको अनौपचारिक, औचारीक कुरामा कुनै पनि दृश्य र सम्वादमा कैंची नचलाई चलचित्र प्रदर्शन गर्न मैले अनुरोध गरेको छु। आशा छ, सरकारले जनताको देशभक्तिपूर्ण भावनालाई बुझी "काँडेतार" चलचित्र प्रदर्शन गर्न सर्टिफिकेट दिनेछ भन्नेमा हामी आशावादी छौ। "निर्माता, निर्देशक र नायक नवल खड्काले बताए।  

 बोर्डले संचालन गर्न नदिएमा आफूहरु  न्यायका खातिर अदालत जाने ,जनता, दर्शक साथ, सहयोग माग्ने, लिने अधिकार निदेशक खड्काले बताए।  हामी कुनैपनि दृश्य वा सम्वादहरू नकाटिकनै जस्ता को त्यस्तै दर्शक सामु पुर्‍याउनेछौ भन्दै खड्काले दर्शकलाई आश्वस्त रहन अनुरोध गरेका छन्। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको