Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल मकाउसँग भिड्दै, इतिहास रच्ने दाउमा नेपाली टोली

मंगलबार, ३० कार्तिक २०७३, ११ : ५६ मा प्रकाशित

अर्थ संसार 

काठमाडौं–लाओसलाई पेनाल्टीमा तीन शून्यले हराउँदै नेपाल उपाधिनजिक पुगेको नेपाली टोली उपाधि जित्ने लक्ष्यसहित मंगलबार मकाउबिरुद्ध मैदानमा उत्रँदैछ । 

एशियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगितामा नेपाल पहिलो पटक फाइनलमा पुग्न सफल  भएको हो ।  मलेसियाको कुचिङस्थित सारावाक स्टेट रंगशालामा नेपाल र मकाउबीचको खेल आज साँझ सवा पाँच बजे सुरु हुनेछ ।

 छैटौ भिडन्त

नेपालले मकाउसँग यसअघि ५ पटक खेलेको छ । जसमा तीन खेल नेपालले जितेको छ भने एक खेल बराबरीमा सकिएको छ । एक खेलको नतिजा मकाउको पक्षमा थियो ।

लक्ष्य उपाधि

नेपाली प्रशिक्षक ग्योतुकी कोजुुले आफूहरु उपाधि जित्न यहाँ आएको बताएका छन् । उनले खेलाडीले निक्कै मेहनत गरेको र आफूहरु उपाधिको दावेदार भएको बताए । 

नेपालले समूह चरणमा एक जित र एक बराबरीको नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो । सेमिफाइनलमा लाओसलाई पेनाल्टीमा तीन–शून्यले हराउँदै नेपाल उपाधिनजिक पुगेको थियो । नियमित र अतिरिक्त समयमा २–२ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

 सम्भावित नेपाली टोली 

गोलरक्षक : किरणकुमार लिम्बु 

डिफेन्डर : विराज महर्जन (कप्तान) अनन्त तामाङ, आदित्य चौधरी, रबिन श्रेष्ठ 

मिडफिल्डर  : विक्रम लामा, अञ्जन विष्ट, हेमन गुरुङ

फरवार्ड : भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको