आइतबार, ०२ पुष २०७४, १३ : ४४
साधारण सेयर ( IPO ) प्रति लगानीकर्ताको आकर्षण बढ्दै
मङ्गलबार, १० असोज २०७४

नेपाल ग्रामीण विकास बैङ्कले सर्वसाधारणका लागि ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन गरेको थियो । उसले प्रिमियमविना १ सय दरमा नै एफपीओ जारी गरेको थियो । ९ लाख ७५ हजार कित्ताका लागि अढाइ लाखभन्दा बढी आवेदकबाट आवेदन परेको बताइन्छ ।

यति धेरै आवेदन परेको नेपालको धितोपत्र बजारको इतिहासमा शायद यो नै पहिलो होला । यति धेरै आवेदन परे पनि ९७ हजार ५ सय आवेदकहरूले मात्रै गोला प्रथाबाट १० कित्ताको हिसाबले शेयर पाउनेछन् । आवेदन दिएका सबैले १० कित्ता शेयर पाउँछन् भनेर आवेदन दिनेहरू सबै जिल खाने भएका छन् ।

पछिल्लो समयमा प्राथमिक सेयरमा लगानी गर्ने लगानीकर्ताको आकर्षण बढिरहेको देखिन्छ । प्राथमिक बजारमा नयाँनयाँ लगानीकर्ता बढिरहेका छन् । अघिल्लो महीना निष्कासन भएको नेपाल हाइड्रो डेभलपरको आईपीओमा पनि १ लाख ७१ हजार ५ सय ९२ जनाको आवेदन परेको थियो भने जम्मा ३६ हजार २ सय ७० जना आवेदकहरूले मात्र १० कित्ताको हिसाबले सेयर पाएका थिए ।

पछिल्लो समयमा नेपालको धितोपत्र बजारमा जनसहभागिता बढिरहेको देखिन्छ । त्यसो त पछिल्लो समयमा पूँजीबजारमा लगानीकर्ताको आकर्षण बढ्दै छ । खासगरी नयाँ लगानीकर्ताको आकर्षण बढ्दै छ । विगतमा वाणिज्य बैङ्कहरूको ८०र९० लाख कित्ता प्राथमिक शेयर निष्कासन हुँदा पनि यति धेरै आवेदन परेको हुँदैनथ्यो ।

तर, पछिल्लो समयमा घाटामा रहेको हाइड्रोपावर कम्पनीहरूको आईपीओमा पनि डेढ लाखभन्दा पनि बढी आवेदन पर्ने गरेको छ । नेपाल धितोपत्र बोर्डले आवेदन दिने सबै आवेदकलाई अनिवार्य १० कित्ता सेयर दिनुपर्ने भनेको कारणले पनि प्राथमिक शेयरमा आवेदन दिनेहरूको सङ्ख्या ह्वात्तै बढेको भन्दा पनि फरक नपर्ला ।

१० कित्ते नियमले धितोपत्रको बजारमा बोरा प्रवृत्ति कम हुनेछ भनेर धितोपत्र बोर्डले भने पनि बोरा प्रवृत्तिको सट्टा परिवार प्रवृत्ति बढेको जस्तो देखिन्छ । आवेदन दिएका सबैले १० कित्ता सेयर पाउने भ्रममा परिवारका सबै सदस्यको नाममा आवेदन दिने प्रवृत्ति बढेको जस्तो देखिएको छ । त्यसो त परिवारका सबै सदस्यले आवेदन दिन नपाउने वा दिन नहुने भन्ने पनि होइन ।

तर पनि नेपाल ग्रामीण विकास बैङ्कको एफपीओमा यति धेरै आवेदन परेकोले बोरा प्रवृत्तिको पुनरावृत्ति भएको जस्तो पनि देखिन्छ ।पछिल्लो समयमा आईपीओ होस् वा एफपीओमा प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताको आकर्षण र चासो बढेको देखिन्छ ।

कुनै पनि कम्पनीको आईपीओ र एफपीओ जारी हुँदा आवेदन सङ्कलन केन्द्रहरूमा लगानीकर्ताको भिड नै देखिने गर्छ । नयाँनयाँ लगानीकर्ता बढी देखिन थालेका छन् । त्यसो त अहिले विगतमा जस्तो प्राथमिक सेयर खरीद गर्न आवेदन सङ्कलन केन्द्रहरूमा घण्टौं लाइनमा बसेर आवेदन बुझाउनुपर्ने झन्झटबाट भने मुक्त भएका छन् ।

आस्बा प्रणालीको स्वीकृति पाएका बैङ्क तथा वित्त कम्पनीको देशभरका शाखा कार्यालयबाट सेयर खरीद आवेदन दिन सकिन्छ । यही कारणले पनि प्राथमिक शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो कि रु त्यसैगरी १० कित्ते नियमले गर्दा पनि अहिले न्यूनतम ५ हजारको मात्रै आवेदन दिए पनि पुग्ने भएको छ ।

यसले गर्दा पनि प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पछिल्लो समयमा आईपीओ भर्नेहरूमा पुरानाभन्दा नयाँ लगानीकर्ता बढी देखिन थालेका छन् । त्यसले गर्दा माग गरेभन्दा सयौं गुणा बढी आवेदन पर्ने भएको हुनुपर्छ । कतिपय लगानीकर्ता १० कित्ते नियमको भ्रममा रहेको पनि देखिन्छ ।

सबै आवेदकलाई १० कित्ता सेयर दिनुपर्ने नियम गरे तापनि माग गरेभन्दा बढी आवेदन परेको खण्डमा सबै आवेदकले १० कित्ता शेयर पाउने सम्भावना भने हुँदैन । यस्तो अवस्थामा गोला प्रथाबाट नै सेयरको बाँडफाँट गरिनेछ । तर, १० कित्ते नियमले बढी आवेदकले सेयर पाउने सम्भावना भने रहन्छ ।

धितोपत्र बजारप्रति चासो राख्नेहरू पनि थुप्रै देखिन थालेका छन् । धितोपत्र बजारप्रति सबै वर्ग, तह र पेशाका व्यक्तिहरूको आकर्षण रहेको पाइन्छ । पछिल्लो समयमा सेयर बजारको बारेमा फुटपाथ पसलेदेखि कर्पोरेट हाउसका कर्मचारीसम्मले चासो राखेको देखिन्छ । सेयर बजारप्रति धेरैले चासो राख्नु, धेरैको आकर्षण हुनु शेयर बजारका लागि सकारात्मक कुरा हो । शेयर बजारप्रति लगानीकर्ताहरूको आकर्षणले गर्दा नै माग गरेभन्दा कयौं गुणा आवेदन पर्ने गरेको हो ।

विगतमा माग गरेभन्दा कति गुणा बढीले आवेदन पर्यो भनेर चासो राख्ने गरिँदैनथ्यो भने अहिले १० कित्ते नियमले गर्दा कति कतिओटा आवेदन पर्‍यो भनेर चासो राख्ने गरेका छन् । प्राथमिक बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि आईपीओमा लगानी गर्नु राम्रो हो ।

धितोपत्र बजारमा लगानी गर्न चाहने नयाँ लगानीकर्ताका लागि प्राथमिक बजार उपयुक्त बजार हो । प्राथमिक सेयरमा लगानी गर्दा जोखीम कम हुन्छ भने लामो अवधिका लागि लगानी गर्ने लगानीकर्ताका लागि पनि प्राथमिक बजारमा लगानी गर्नु राम्रो हो । यसमा दोस्रो बजारमा जस्तो जोखीम हुँदैन । यस कारणले पनि पछिल्लो समयमा प्राथमिक सेयर अर्थात् आईपीओमा लगानी गर्नेहरूको भीड देख्न सकिन्छ ।

धितोपत्र बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताका लागि प्राथमिक शेयरमा लगानी गर्दा जोखीम कम हुन्छ । यसमा दोस्रो बजारमा जस्तो जोखीम हुँदैन । प्राथमिक बजारबाट केही अनुभव लिएर मात्र दोस्रो बजारमा प्रवेश गर्दा राम्रो हुन्छ । शेयरबजारमा लगानी गर्ने लगानीकर्तालाई २ समूहमा विभाजन गर्न सकिन्छ । पहिलो समूहमा प्राथमिक बजारका लगानीकर्ता र दोस्रोमा दोस्रो बजारका लगानीकर्ता ।

प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ता भनेको आईपीओमा लगानी गर्ने लगानीकर्ता । यिनीहरू अलि लामो अवधिका लगानीकर्ता हुन् । प्राथमिक बजारमा आईपीओमा लगानी गर्ने लगानीकर्ता पछि अवश्यक परेको समयमा र केही नाफा भएपछि विक्री गर्छन् । यस्ता लगानीकर्ता शेयरबजारमा थुप्रै छन् । यिनीहरू धेरैजसो प्राथमिक बजारमा मात्रै सीमित भइरहेका छन् ।

प्राथमिक बजारका धेरैजसो लगानीकर्ता दोस्रो बजारमा प्रवेश गरेको त्यति देखिँदैन । प्राथमिक बजारका लगानीकर्ताहरू लामो अवधिका लगानीकर्ता हुन्छन् र आफ्नो सेयरको उचित मूल्य पाएपछि शेयर विक्री गर्ने गर्छन् । अबको समयमा प्राथमिक बजारबाट शेयर पाउने भनेको १० कित्ते नियमअनुसार मात्रै हो ।

अबको दिनमा प्राथमिक बजारका लगानीकर्ता पनि दोस्रो बजारमा प्रवेश गर्नुपर्ने देखिन्छ । शेयरबजार चल्ने भनेको दोस्रो बजारले हो । त्यसो त प्राथमिक बजारमा जोखीम कम हुन्छ भने दोस्रो बजारमा जोखीम पनि बढी नै हुन्छ । प्राथमिक बजारका लगानीकर्ता लामो अवधिका हुने भएकाले त्यति घाटा बेहोर्नु पर्दैन भने दोस्रो बजारमा भने कहिले घाटा पनि हुन्छ त कहिले नाफा । यसकारण पनि प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेको हो ।

प्राथमिक बजारका लगानीकर्ता धेरैजसो साना लगानीकर्ता नै हुन्छन् । प्राथमिक बजारमा लगानी गर्न न्यूनतम ५ हजार मात्र भए पनि पुग्ने र जोखीम पनि त्यति नहुने भएकाले धेरैजसो साना र नयाँ लगानीकर्ताको आकर्षण भएको हो । कारोबारबाट

लेखक सेयरलगानीकर्ता हुन् ।

© Arthasansar.com 2016, All Rights Reserved