Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

शनिबार, ०७ असोज २०७४, ०९ : ४१ मा प्रकाशित

सिद्धार्थ राजमार्ग बिहानैदेखि अवरुद्ध

अर्थ संसार, पाल्पा–तिनाउ गाउँपालिकाको दोभानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग आज बिहानैदेखि अवरुद्ध बनेको छ ।

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको दोभानको डेढबक्समा गए राति सडकमाथिबाट ठूलो पहिरो खस्दा यातायात सञ्चालन हुन सकेको छैन । सडक अवरुद्ध बनेपछि पाल्पा, गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ, पर्वतलगायतका सवारीसाधन बुटवल जान सकेका छैनन् ।

बुटवलबाट पाल्पातर्फ सवारी चल्न नसक्दा दशैँका यात्रु बाटामा नै अलपत्र परेका छन् । पाल्पाबाट दूध तथा तरकारी बोकेर जाने सवारीसाधन बाटामा रोकिएको स्थानीय बासिन्दा बताउँछन् । दोभान प्रहरी कार्यालयका प्रहरी हवल्दार तारा फौजाले एउटा डोजरले माटो र ढुंगा फालिए पनि पहिरो हटाउन समय लाग्ने बताउनुभयो । माटो र ढुंगासहितको पहिरो यस क्षेत्रमा वर्षेनी खस्दा जोखिम बढेको र मानवीय क्षति रोक्न नसकिएको स्थानीयवासीको गुनासो छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको