Like us!
Follow us!
Connect us!
Watch us!

मतगणनामा निर्वाचन अधिकृतको लापरबाही, उपमेरमा कांग्रेस हुनुपर्नेमा राजपा घोषणा गरेपछि बलवा नगरपालिकामा तनाव

शुक्रबार, ०६ असोज २०७४, १५ : ५३ मा प्रकाशित

मतगणनामा निर्वाचन अधिकृतको लापरबाही, उपमेरमा कांग्रेस हुनुपर्नेमा राजपा घोषणा  गरेपछि बलवा नगरपालिकामा तनाव

अर्थ संसार, महोत्तरी– निर्वाचन अधिकृतको गलत सूचनाका कारण यतिखेर बलवा नगरपालिकामा तानाव सिर्जना भएको छ ।

निर्वाचन अधिकृतले नगरपालिकाको मेयर कांग्रेस र  उपमेयरमा राष्ट्रिय जनता पार्टी नेपाललाई विजयको घोषणा गर्यो ।

मेयरमा हारेपनि उपमेयर जितेपछि राजपाको उपमेयर रितादेवी झासहित जुलुस तामझामको साथ गाउँगाउँमा पुग्दै थियो । कार्यकर्ता अविर र फूलमालाले स्वागत गर्दै थिए ।

ठिक त्यही बेला  निर्वाचन अधिकृतले नयाँ खबर पठाए, ‘कम्प्युटरले गडबडी गर्‍यो । उपमेयरमा पनि कांग्रेसले नै जितेको रहेछ ।’

त्यसपछि बलवा नगरपालिकामा तनाव सिजर्ना भयो । उपमेयरमा २०० मतले कांग्रेस नै विजयी भएको भनेपछि अहिले विवाद भइरहेको छ । यसअघि उपमेयरमा राजपाकी झाले २८३८ मत र कांग्रेकी रामदुलारी देवीले २७२७ मत पाएको भनिएको थियो ।

यता मेयरमा पनि ६ नम्बर वडाको मत गणनाका क्रममा ४८ मत गायव पारिएको राजपाको दाबी छ

। आफूहरुले पुनः मतगणना गर्नु पर्ने भनेको भएपनि समग्रमा १४७ मतले पछि परेपछि माग छाडेको तर, अहिले उपमेयरको पनि उल्टाउन खोजेको राजपाले आरोप लगाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको