Like us!
Follow us!
Connect us!
Watch us!

५० स्थानको नतिजा आउँदा काँग्रेस पहिलो स्थानमा,दोस्रोका लागि भिड्दै तीन दल

शुक्रबार, ०६ असोज २०७४, १३ : ५१ मा प्रकाशित

५० स्थानको नतिजा आउँदा काँग्रेस पहिलो स्थानमा,दोस्रोका लागि भिड्दै तीन दल

अर्थ संसार, काठमाडौं–  दुई नम्बर प्रदेशमा सम्पन्न तेस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । कुल  १३६ स्थानीय तहमध्ये हालसम्म ५० स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ ।
 
हालसम्म सार्वजनिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ भने दोस्रो स्थानमा नेकपा(माओवादी केन्द्र) रहेको छ ।
 
काँग्रेसले  ७ नगरपालिका र १० गाँउपालिका गरी कुल १७ स्थानमा विजयी भएको छ ।
दोस्रो स्थानमा रहेको माओवादीले ६ नगरपालिका र ६ गाँउपालिका गरी १२ स्थानमा विजयी भएको छ ।
 
नेकपा(एमाले)को गणित तराई नराम्ररी खस्किएको छ । उसले हालसम्म एक नगरपालिका र ४ गाँउपालिकामा मात्रै जित्न सफल भएको छ ।
राष्ट्रिय जनता पार्टी नेपालले ७ नगर र २ गाँउपा

लिका गरि ९ स्थानमा जित  निकाल्दा संघीय समाजवादी फोरमले १ नगरपालिका र ६ गाँउपालिका जीत निकालेको छ ।

फोरम लोकतान्त्रिकले १ नगरपालिका र १ गाँउपालिकामा जीत निकाल्दा अन्य पार्टीले १ नगरपालिकामा जीत हासिल गरेको छ ।

पछिल्लो अवस्थामा काँग्रेसले २४ स्थानमा अग्रता लिइरहेको छ । एमाले १२ स्थान, माओवादीले १६, राजपा १३ , संघीय समाजवादी फोरमले १० र लोकतान्त्रिक फोरमले १ स्थानमा अग्रता लिएका छन् ।

दोस्रो पार्टी को हुने भन्नेमा माओवादी, राजपा र संघीय समाजवादी फोरमबीच तिवै प्रतिस्पर्धा देखिएको छ । देशभर नै पहिलो भएको एमाले भने हालसम्मकै अवस्था रहे पाँचौ स्थानमा पुग्ने अनुमान गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको