Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आइडल को बन्ला ?

शुक्रबार, ०६ असोज २०७४, १३ : १४ मा प्रकाशित

नेपाल आइडल को बन्ला ?

अर्थ संसार, काठमाडौं– लोकप्रिय रियालिटी टेलिभिजन शो ‘नेपाल आइडल’को ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट आज एक जना नेपाल आइडल बन्नेछन् ।

ग्रान्ड फिनालेमा पुगेका मोरङका निशान भट्टराई,  पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये दर्शकले दिएको भोटका आधारमा एक जना प्रतियोगी आज नेपाल आइडल बन्नेछन् ।

सेप्टेम्बर १४ देखि सुरु भएको भोटिङ आज बेलुकी पाँच बजेसम्म दर्शकले आफूले मन पराएका प्रतिस्पर्धीलाई भोट दिन पाउनेछन् । अन्तर्राष्ट्रिय फ्रेन्चाइज आइडलको नेपाली संस्करण नेपाल आइडलको ग्रान्ड फिनाले कतारको दोहामा रहेको एसियन टाउन एम्पिथियटरमा हुँदैछ ।

आज बेलुका ९ः४५ बजेबाट नेपाल आइडलको ग्रान्ड फिनाले हेर्न सकिन्छ । फिनालेमा विशेष अतिथिको रुपमा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको पनि उपस्थिति रहनेछ । त्यस्तै, नेपाल आइडलको गाला राउन्डमा पुगेका १२ जना प्रतियोगीले समेत नेपाल आइडलको फाइनलमा प्रस्तुति दिनेछन् ।
नेपाल आइडलले जिते पुरस्कार
प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।भोटका आधारमा नेपाल आइडलमा दोस्रो हुनेले १५ लाख रुपैयाँ नगद र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद पाउनेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको