Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैङ्कको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस कम्पनीको एक विश्लेषण

शुक्रबार, ०६ असोज २०७४, ०८ : १३ मा प्रकाशित

सिन्धु विकास बैङ्कको सेयर किन्दै हुनुहुन्छ ? हेर्नुहोस कम्पनीको एक विश्लेषण

अर्थ संसार, काठमाडौं– बैङ्कको आव ०७३/७४ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार रू.३ करोड ७२ लाख नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३६ प्रतिशतले बढी हो ।

सञ्चालन नाफा ३६ प्रतिशत र खुद ब्याज आम्दानी ४६ प्रतिशतले बढेकाले नाफा बढेको हो । सोही अवधिमा बैङ्कको चुक्तपूँजी १ सय १६ प्रतिशतले बढेर रू.२६ करोड २१ लाख पुगेको छ । जगेडा कोषको रकम रू.६ करोड ९९ लाख र लगानी रू. १ करोड ९३ लाख रहेको छ ।

साथै बैङ्कले १० बराबर ८ अनुपातमा रू. एक सय अङ्कित दरको २० लाख ९७ हजार ५ सय ४० कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ । हकप्रद सेयरमा आवेदन दिने मिति भदौ १९ गतेदेखि असोज २२ सम्म रहेको छ । विक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद सेयर निष्कासन बाँडफाँट पश्चात बैङ्कको चुक्तापूँजी रू.४७ करोड १९ लाख ४६ हजार ५ सय पुग्नेछ ।

वर्गीकरण : विकास बैङ्क :-

पछिल्लो व्यापार मूल्यः रू.१८५
५२ हप्ताको उच्च व्यापार मूल्यः रू.७००
५२ हप्ताको न्यून व्यापार मूल्यः  रू.१८०
१८० दिनको भारित औसत मूल्य : रू.३५६.३६

कम्पनीका महत्वपूर्ण अनुपात :-

व्यवस्थापन समूह :-

अध्यक्ष : राजेन्द्र कुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत : सञ्जीव प्रधान
शाखा : ११
प्रधान कार्यालय : बाह्रबिसे ८ सिन्धुपाल्चोक
वेबसाइट : www.sindhubank.com.np
स्टक टिकर : एसआईएनडियु

बैङ्कको महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा) :-

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ) :-

महत्वपूर्ण अनुपात :-

लाभांश विवरण :-


बैङ्कको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :-  

  • चुक्तापूँजीको तुलनामा खुद नाफा २२ दशमलव ५३ प्रतिशतले बढेर १४ दशमलव २० प्रतिशत पुगेको छ । बैङ्कले चौथो त्रैमाससम्ममा रू.१ अर्ब ९० करोड निक्षेप सङ्कलन गरी रू.१ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ ।

  • खुद ब्याज आम्दानी रू. ९ करोड ९९ लाख ७९ हजार, कर्मचारी खर्च रू.२ करोड ६७ लाख, अन्य सञ्चालन खर्च रू. २ करोड ९२ लाख र सञ्चालन नाफा रू. ५ करोड ८५ लाख रहेको छ ।

  • बैङ्कको स्थिर सम्पत्ति ३८ प्रतिशतले बढेर रू.४ करोड ७३ लाख र अन्य सम्पत्ति २६ प्रतिशतले बढेर रू.२ करोड ८२ लाख पुगेको छ ।

  • बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा रू.७४ लाख ४६ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा शून्य दशमलव ८४ प्रतिशत रहेको छ । सोही अवधिमा पूँजीकोष लागत ६ दशमलव ४४ प्रतिशत, पूँजीकोष पर्याप्तता १९ दशमलव ९१ प्रतिशत रहेको छ ।

  • बैङ्कको चौथोे त्रैमासको वित्तीय विवरण अनुसार प्रति शेयर आम्दानी (वार्षिक)रू.१४ दशमलव २०, मूल्य आम्दानी अनुपात रू.२५ दशमलव ७७, प्रति शेयर कुल सम्पत्तिको मूल्य रू.८ सय ७० दशमलव ३०, तरलता अनुपात ४१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१ सय २६ दशमलव ६८ रहेको छ । बुधवारको शेयर मूल्य नेटवर्थको  साढे १ गुणा बढी छ ।

प्राविधिक विश्लेषण

बुधवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती चित्र :-

                                                             २२ जुन २०१७                               २० सेप्टेम्वर २०१७    
स्ट्याण्डर्ड डेभिएसन :-

 

                                                                   २२ जुन २०१७                               २० सेप्टेम्वर २०१७    
आरएसआई :-

                                                               २२ जुन २०१७                               २० सेप्टेम्वर २०१७    
मुभिङ् एभरेज :-
 

                                                           २२ जुन २०१७                            २० सेप्टेम्वर २०१७    

  • मैनबत्ती विश्लेषण : बैङ्कको ४० दिनको कारोबारमा अन्तिम दिन कालो मारोबोजु बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य वियरिश ट्रेण्डमा जाने सङ्केत गर्दछ ।

  • आरएसआई : बैङ्कको ४० दिनको कारोबारमा न्यूट्रल जोन (२२ दशमलव ९१ स्केल) मा छ । यसले शेयर विक्री चाप रहेको देखाउँछ  ।

  • स्ट्याण्डर्ड डेभिएसन : बैङ्कको ४० दिन कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ३ दशमलव ८९ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेज : बैङ्कको ४० दिनको कारोबारमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिदै गएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखा त छ । हालको मूल्य रू.१ सय ८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महङ्गिएमा रू.२ सय मा प्रतिरोध पाउन सक्छ । अभियानबाट

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको