Like us!
Follow us!
Connect us!
Watch us!

१८ कम्पनीको १२ अर्ब ९४ करोड सेयर पाइपलाइनमा

शुक्रबार, ०६ असोज २०७४, ०५ : ५५ मा प्रकाशित

१८ कम्पनीको १२ अर्ब ९४ करोड सेयर पाइपलाइनमा

अर्थ संसार, काठमडौं– धितोपत्र बोर्डमा विभिन्न १८ कम्पनीले हकप्रद सेयर निस्कासनका लागि आवेदन दिएका छन् ।

कुल १२ करोड ९४ लाख ३० हजार ६८७ कित्ता सेयर हकप्रदका लागि तयारी हालतमा छन् । ती शेयरको मूल्य रु १२ अर्ब ९४ करोड ३० लाख ६८ हजार रहेको छ ।

आवेदन दिएकामध्ये चारवटा वित्तीय संस्थाको हकप्रद सेयर

 स्वीकृतिको चरणमा रहेको छ । बोर्डले मागेको कागजात पुर्याएर अध्ययनका क्रममा रहेका सांग्रिला विकास बैंक, सेन्ट्रल फाइनान्स, प्रुडेन्सियल इन्सुरेन्स र गुराँस लाइफ इन्सुरेन्स रहेका छन् ।

यस्तै, प्रतीक्षा सूचीमा ‘क’ वर्गको प्रभु बैंक पनि रहेको छ । सो बैंकको रु दुई अर्ब ३५ करोड २५ लाख ६ हजार बराबरको हकप्रद सेयर  जारी गर्ने तयारी गरेको छ ।

यस्तै एशियन लाइफ इन्सुरेन्स, श्री इन्भेस्ट एण्ड फाइनान्स कम्पनी र कर्णाली विकास बैंक पनि हकप्रद सेयर निस्कासनका लागि बोर्डको प्रतीक्षा सूचीमा छ ।

अपी पावर कम्पनीले रु दुई अर्ब १० करोड बराबरको हकप्रद सेयर जारी गर्न लागेको छ । बोर्डमा प्रारम्भिक अध्ययनका क्रममा विभिन्न पाँच कम्पनी रहेका छन् । उत्पादनतर्फ श्रीराम सुगर मिलले रु ८९ करोड तीन लाख ९४ हजारको सेयर  जारी गर्न लागेको छ ।

गण्डकी विकास बैंक, सिद्धार्थ बैंक, एभरेस्ट इन्सुरेन्स र साहारा विकास बैंकले पनि हकप्रद जारी गर्न आवेदन दिएको र बोर्डमा प्रारम्भिक अध्ययनको चरणमा रहेको छ ।

बोर्डले सोधेका केही सवालको उत्तर दिने क्रममा थप चार कम्पनी रहेका छन् । त्यसमा माउन्ट मकालु विकास बैंक, ग्रिन डेपभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स र सिभिल बैंक लिमिटेड रहेका छन् । हकप्रद सेयर दिन विभिन्न कम्पनी लाइन लागेपछि लगानीकर्तालाई उत्साहित बनाएको छ ।

तर धितोपत्र बजार भने अस्थिर हुन पुगेको छ । बुधबार मात्रै बजार पुनः ३.८९ बिन्दुले घटेर एक हजार ५३९ बिन्दुमा पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको