Like us!
Follow us!
Connect us!
Watch us!

नाका खुलाउने विषयमा चीनसँग कुरा मिलेन, किन बन्द गर्न चाहन्छ, तातोपानी नाका ?

विहीबार, ०५ असोज २०७४, १६ : ५५ मा प्रकाशित

नाका खुलाउने विषयमा चीनसँग कुरा मिलेन,  किन बन्द गर्न चाहन्छ, तातोपानी नाका ?

अर्थ संसार, काठमाडौं– तातोपानी नाका खुलाउने वा नखुलाउने भन्ने विषमया पूर्ण सहमति हुन नसक्दा र नेपाल र चीनका उच्च अधिकारीबीच हुने भनेको  थप नाका खुलाउने सम्बन्धी सम्झौता(प्रोटोकलमा)मा हस्ताक्षर हुन सकेन ।

काठमाडौँमा बुधबार नेपाल र चीनका उच्च अधिकारीबीच उत्तरी १२ नाका खुलाउने विषयमा छलफल भएको थियो तर छलफल निष्कर्षमा भने पुग्न नसकेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

छलफल निरन्तर जारी राख्नेमा भने चिनियाँ अधिकारी सहमत भएका छन् ।  चिनियाँ अधिकारीले तातोपानी नाकबाट चिन विरोधी गतिविधि भएको बताउने गरेका छन् । सुरक्षाको हिसाबले तातोपानी नाका खुलाउने बारेमा चिनियाँ अधिकारी सहमत नदेखिएको बताइन्छ । उनीहरु सो नाका बन्द गर्ने पक्षमा देखिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

 तर नेपालका लागि तातोपानी नाका नै उत्तम विकल्प रहेको छ । रसुवागढी केरुङ मार्ग साघुरो रहेकाले नेपालले पटक पटक सोही नाकाको सम्बन्धमा जोड दिदै आएको छ । चिनियाँ अधिकारीले नाका खुलाउने विषयमा प्रष्ट जवाफ नदिएपनि छलफल जारी राख्ने वचन दिएका छन् ।

नेपाल र चीन जोड्ने थप १२ सडक खुलाउने सम्बन्धमा छलफल गर्न १३ सदस्यीय उच्चस्तरीय चिनियाँ अधिकारी मंगलबार नै नेपाल आएका थिए ।छलफलपछि सम्झौतामा हस्ताक्षर गर्ने तयारी भएपनि थप छलफल जरुरी रहेको भन्दै सम्झौता हस्ताक्षर भएन ।

१७ सदस्य रहेको नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यबाहक सचिव धु्रवराज जोशीले गरेका थिए । टोलीमा  गृह, अर्थ, वाणिज्य, पराराष्ट्र र कानुन मन्त्रालयका सहसचिव सहभागी थिए ।

भूकम्पपछि अवरुद्ध भएको खासा नाका खुलाउने बारे पनि चिनियाँ टोलीसँग छलफल भयो तर निष्कर्ष निस्कन सकेन , बैठकमा सहभागी एक नेपाली सदस्यले भने ।

नेपाल र चीनबिच २७ वर्षअघि (सन् १९९४ मा) सडक यातायात सम्बन्धी सम्झौता भएको थियो ।
दुई देशबीच हुने उच्चस्तरीय वार्तामा नेपालले यसअघि नै चीनसँग प्रस्ताव गरेका थप १२ सडक र नाका खुला गर्नेबारे सम्झौता गर्ने तयारी थियो तर थप छलफल आवश्य देखियो  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिनियर डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले भने ।

‘सुरक्षाको दृष्टिकोणबाट पनि चीन धेरै नाका नखोल्ने पक्षमा देखिएको छ ।  नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत अहिलेसम्म चीन हुँदै तीन नाका खुला गर्नेबारेको प्रोटोकलमा सम्झौता भएको छ।

तिनीहरूमा खासा–यारी, खासा–रसुवागढी र खासा–ओलाङचुङगोला मात्रै हुन् । अन्य प्राकृतिक र परम्परागत नाका व्यवस्थापन गर्ने विषयमा पटक पटक छलफल भएपनि कुनै निष्कर्ष भने निस्कन सकेको छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको