Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीको जागिरमा आकर्षण बढ्यो

बुधबार, ०४ असोज २०७४, १५ : ३५ मा प्रकाशित

प्रहरीको जागिरमा आकर्षण बढ्यो

अर्थ संसार, भीमदत्तनगर– जनपद प्रहरीमा भर्ना हुन सुदूरपश्चिमका नौवटा जिल्लाबाट पाँच हजार २५८ जनाले आवेदन दिएका छन् ।

सबैभन्दा बढी कैलालीबाट एक हजार ३९९ महिला तथा पुरुषले दर्खास्त दिएका छन् । सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलका प्रहरी नायब उपरीक्षक शंकरदत्त भट्टका अनुसार कञ्चनपुरमा ८४४, डडेल्धुरामा ३०१, बैतडीमा ४०९, दार्चुलामा ४५०, बझाङमा ३६६, बाजुरामा ५५३, अछाममा ३८६, डोटीमा ९७ र तालिम केन्द्र दीपायलमा ६४५ जनाले आवदेन दिएका छन् ।

आवेदन दिनेमा महिलाभन्दा पुरुषको सङ्ख्या दोब्बर छ । सात सय ६७ जनाका लागि भर्ना खोलिएको हो । यसअघि जवान भर्नाका लागि आवदेन दिएकामध्ये सुदूरपश्चिमबाट दुई हजार ८३३ जनाले लिखित परीक्षा दिइसकेका छन् । अघिल्लो पटक तीन हजार ९४९ जनाको आवेदन परेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको