Like us!
Follow us!
Connect us!
Watch us!

हावाबाट विजुली निकाल्ने प्रविधिमा चासो बढ्यो, विभागमा आवेदनको ओइरो

बुधबार, ०४ असोज २०७४, १४ : ४६ मा प्रकाशित

हावाबाट विजुली निकाल्ने प्रविधिमा चासो बढ्यो, विभागमा आवेदनको ओइरो

अर्थ संसार, काठमाडौँ- हावाबाट विजुली निकाल्ने भन्दै पछिल्लो दिनमा विभिन्न कम्पनीले चासो देखाएका छन् ।

विद्युत् विकास विभागमा त्यसरी चासो देखाउँदै आवेदन दिनको संख्या पनि बढेको छ ।
विभागकाअनुसार हालसम्म ८ स्थानमा हावाबाट विद्युत् निकाल्नका लागि आवेदन प्राप्त भउको छ । कम्पनीका हिसाबले त तिनवटा हो, तर स्थानका आधारमा हेर्दा आठ वटा कम्पनीले १४ मेगावाट क्षमताको विद्युत् उत्पादनका लागि आवेदन दिएका छन्, विभागले भनेको छ ।

ती मध्ये ४ वटाले त मुस्ताङमा नै आफूहरु विद्युत् निकाल्न तयार रहेको भन्दै आवेदन दिएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनअनुसार नेपालको सबैधन्दा चर्को र दैनिक १२ घन्टा भन्दा बढी हावा लाग्ने स्थानको रुपमा मुस्ताङलाई लिइन्छ ।

प्रविधिमा आएको विकास र विस्तारले हावाटबा विद्युत् निकाल्न चाहनेको संख्या बढ्दै गएको छ । तर नेपाल सुहाउँदो प्रविधि के हो भन्ने बारेमा भने सरकारी निकायले हालसम्म प्रष्ट अध्ययन गर्न सकेको छैन । नीतिगत र कानुनी व्यवस्था पनि वायु ऊर्जाको हकमा प्रयुक्त हुन सकेको छैन ।

मुस्ताङमा वायु् ऊर्जा उत्पादन गर्न चाहने मध्ये पाँच वटा त एउटै कम्पनीले आवेदन दिएको छ । एभरेस्ट वाइन्ड इनर्जी प्रालिले मुस्ताङको टुकुचे, चुसाङ र कागबेनीमा आवेदन दिएको छ ।
एभरेस्ट वाइन्ड इनर्जीले पाँच मेगावाट क्षमताको वायु ऊर्जा उत्पादनको लागि आवेदन दिएको छ । त्यसमध्ये एक मेगावाटको भने अनुमतिपत्र प्राप्त गरिसकेको छ ।

नेपाललको हिमाली क्षेत्र र हिमरेखा भन्दा माथिका स्थानमा मात्रै करिब तीन हजार मेगावाट क्षमता बराबरको वायु ऊर्जा उत्पादन दगर्न सकिने प्रारम्भिक अध्ययनबाट देखिएको छ । त्यसमध्ये करिब ७०० मेगावाट क्षमताको वायु् ऊर्जा त मुस्ताङमा मात्रै उत्पादन गर्न सकिन्छ । तर लगानी र प्रविधिका हिसाबले भने वायु् ऊर्जाको लगानीका लागि हालसम्म भरपर्दो वातावरण भने बन्न सकेको छैन ।

राष्ट्रवादको नारा अगाडि सारेर हावाबाट विद्युत् निकाल्ने घोषणा गरेका तत्कालीन प्रधानमन्त्री केपी ओलीले लगानी बोर्डको अध्यक्षका हैसियतले अनुमति दिएका ब्रिटिस गोर्खा वायु ऊर्जाको अधिकृत पूँजी एक डलर देखिएपछि सो कम्पनी वेपत्ता भएको थियो ।

तर विभागकाअनुसार कागबेनी वाइन्ड इनर्जीले मुस्ताङमा ५ मेगावाट र रतनपूर वाइन्ड इनर्जीले नवलपरासीमा ३ मेगावाट क्षमताको वायु ऊर्जा उत्पादन गर्ने गरी अनु्मतिका लागि आवेदन दिएको छ ।

 तर ती कम्पनीको क्षमता र प्रविधिका बारेमा भने विभागलाई कुनै पनि जानकारी दिइएको छैन । एभरेस्ट वाइन्ड इनर्जीले मात्रै दक्षिण अफ्रिका र भारतीय ज्वाइन्ट भेन्चरको प्रविधि भित्र्याउने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको