Like us!
Follow us!
Connect us!
Watch us!

ऊर्जाका कार्यक्रम अलपत्र, जनता झुक्याएको भन्दै आक्रोश बढ्यो

बुधबार, ०४ असोज २०७४, १४ : २९ मा प्रकाशित

ऊर्जाका कार्यक्रम अलपत्र, जनता झुक्याएको भन्दै आक्रोश बढ्यो

अर्थ संसार, काठमाडौँ– नेपालको ऊर्जा क्षेत्रमा लगानी जुटाउने लक्ष्यका साथ सरकारले नेपालको पानी जनताको लगानी नामक आर्कषक नारा दिएर एउटा कार्यक्रम सुरु गर्यो ।

लोडसेडिङ अन्त्य गरेर चर्चा पाएका तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले स्वदेश तथा विदेशमा रहेकालाई सहज रुपमा लगानीका गर्ने वातावरण बनाउने भन्दै अनलाइन प्रणालीबाट पनि त्यसमा सहभागी हुने नारा अगाडि सारे । ऊर्जा मन्त्रालयले तामझामका साथ सो कार्यक्रमको उद्घाटन ग¥यो । देश विदेशमा चर्को प्रचार पनि भयो ।

नौ महिना पछि ऊर्जा मन्त्रीबाट जनार्दन शर्मा पाखा लागे र गृह मन्त्रालय सम्हाल्न पुगे । उनी गृह मन्त्रालयमा मन्त्री बनेर सरेपछि नै सो नारा र कार्यक्रम हाल अलपत्र बनेको छ ।

अनलाइन प्रणालीबाट नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहनेले मात्रै ४ अर्ब १० करोडको प्रतिवद्धता जनाएका थिए । पछिल्लो दिनमा प्रचार प्रसारको अभावमा सो प्रणालीको बारेमा आम मानिसले राम्ररी जानकारी पनि पाएका छैनन् ।

जनार्दन शर्मापछि मन्त्री भएर आएका ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले सो कार्यक्रमको बारेमा चासो राखेका छैनन् । ऊर्जा मन्त्रालयका एक अधिकारी भन्छन् – मन्त्रीले ल्याएको कार्यक्रम हो त्यो, मन्त्री गएपछि उहाँसँग गयो होला सो कार्यक्रम पनि ।

लगानी जुटाउनका लागि एउटा सकारात्मक प्रयास थियो त्यो कार्यक्रम तर प्रचार प्रसार तथा ऊर्जा मन्त्रालयले संसथागत स्वामित्व लिन नसक्दा कार्यक्रम अलपत्र परेको छ । कार्यक्रमलाई अगाडि बढाउने र त्यसलाई व्यवस्थित गर्ने तर्फ वर्तमान ऊर्जा मन्त्री शाहीले चासो देखाएका छैनन् । त्यसो त सो कार्यक्रमको लिंक समेत ऊर्जा मन्त्रालयको बेवसाइटमा छैन ।

एक निजी सफ्टवेयर डेभलपरलाई सफ्टवेयर विकास गर्न लगाइएको र मन्त्रालयले संस्थागत स्वामित्व समेत लिन नसक्दा कार्यक्रम अलपत्र परेको बताइन्छ ।

ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले भने आफूलाई सो कार्यक्रम बारे सामान्य जानकारी भएपनि पूर्ण जानकारी नभएको बताउने गरेका छन् । लगानीका लागि प्रतिवद्धता जनाएकाले भने मन्त्रालयले आफूहरुलाई ढाटेको भन्दै असन्तुस्टि व्यक्त गरेका छन् ।

कार्यक्रमलाई संस्थागत गराउन नसक्दा नेपालको जलविद्युत् क्षेत्रमा लगानी हुन सक्ने र गर्न सकिने बजेटको आकंलन गर्न सकिने सो कार्यक्रम अलपत्र परेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको