Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरी कमर्सियल बैङ्कमा लगानी गर्दै हुनुहुन्छ ? एकचोटी यो विश्लेषण हेर्नुहोस्

मंगलबार, ०३ असोज २०७४, ०७ : ५९ मा प्रकाशित

सेञ्चुरी कमर्सियल बैङ्कमा लगानी गर्दै हुनुहुन्छ ?  एकचोटी यो विश्लेषण हेर्नुहोस्

व्यवस्थापन समूह :-
अध्यक्ष : राजेश कुमार श्रेष्ठ
कायममुकायम प्रमुख कार्यकारी अधिकृत : जिवन भट्टराई
प्रधान कार्यालय : पुतलीसडक, काठमाडौं
वेबसाइट : www.centurybank.com.np
शाखा : ६८
स्टक सङ्केत : सिसिविएल

बैङ्कको महत्वपूर्ण वित्तिय परिसूचकहरु (रू. हजारमा) :-

 

बैङ्कका महत्वपूर्ण वित्तीय परिसूचकहरु (रू. हजारमा ):-

महत्वपूर्ण अनुपात :-

लाभांश विवरण :-

आधारभूत विश्लेषण :-
बैङ्कको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७३/७४ र २०७२/७३ बीच तुलना गर्दा :  

  • चुक्तापूँजीको तुलनामा खुद नाफा १२ दशमलव ८८ प्रतिशतबाट घटेर ८ दशमलव २० प्रतिशतमा सिमित भएको छ । बैङ्कको लगानी रू.२ अर्ब १ करोड रहेको छ ।

  • बैङ्कको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार रू.४२ अर्ब ५९ करोड ३६ लाख निक्षेप संकलन गरी रू.३९ अर्ब ५० करोड ७७ लाख कर्जा प्रवाह गरको छ ।

  •  खुद ब्याज आम्दानी रू.१ अर्ब १३ करोड ९६ लाख, कर्मचारी खर्च रू.३० करोड ४३ लाख, अन्य सञ्चालन खर्च रू.३२ करोड १३ लाख र सञ्चालन नाफा रू.६८ करोड ४१ लाख रहेको छ ।

  • बैङ्कको स्थिर सम्पत्ति रू.५६ लाख ५६ हजार रहेको छ भने बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा रू.१७ करोड ७३ लाख छुट्याएको छ । निष्क्रिय कर्जा १ दशमलव १५ प्रतिशत रहेको छ ।

  • पूँजीकोष लागत ८ दशमलव १ प्रतिशत र पूँजीकोष पर्याप्तता १६ दशमलव ५७ प्रतिशत रहेको छ ।

  • बैङ्कले सार्वजनिक गरेको चौथोे त्रैमासको वित्तीय विवरण अनुसार तरलता अनुपात २२ दशमलव ३३ प्रतिशत, मूल्य आम्दानी अनुपात ३५ दशमलव ३९ प्रतिशत, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ९ सय ३१ रूपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १ सय २१ रूपैयाँ ७५ पैसा रहेको छ । सोमवारको मूल्य नेटवर्थको करीब २ गुणा छ ।

प्राविधिक विश्लेषण :-

  •  खरीद चाप  : बैङ्कको आइतवार भएको शेयर कारोबारको अन्तिम समयसम्ममा विक्री चापको तुलनामा खरीद चाप साढे १ गुणा बढी भएको छ । सो अवधिसम्म ९ हजार ८ सय ९५ कित्ता शेयर खरीद र ५ हजार ७ सय २२ कित्ता शेयर विक्री गर्ने माग रहेको थियो ।  

 सोमवार भएको शेयर कारोबार विवरण :-

मैनबत्ती विश्लेषण :-

                                                                     १९ जुन २०१७                            १८  सेप्टेम्वर  २०१७
स्ट्याण्डर्ड डेभिएशन :-

                                                                  १९ जुन २०१७                            १८  सेप्टेम्वर  २०१७

आरएसआई :-

                                                        १९ जुन २०१७                            १८  सेप्टेम्वर  २०१७

मुभिङ एभरेज :-


                                         १९ जुन २०१७                            १८  सेप्टेम्वर  २०१७

 

  • मैनवत्ती विश्लेषण : बैङ्ककोे ५९ दिनको कारोबारको अन्तिम दिनमा सेतो टुप्पि र पुच्छर भएको मैनवत्ती बनेको छ । यसले आगामी दिनमा शेयर मूल्य बुलिशमा जाने सङ्केत दिन्छ ।

  • आरएसआई : बैङ्ककोे ५९ दिनको कारोबारमा आरएसआई ओभरसोल्ड जोन (२९ दशमलव ७३ स्केल) मा छ । यसले शेयर विक्री चाप बढेको देखाउछ ।

  • स्ट्याण्डर्ड डेभिएसन : बैङ्ककोे ५९ दिनको कारोबारमा स्ट्याण्डर्ड डेभिएसन ३ दशमलव ८६ विन्दुमा छ । उतारचढाव न्यून रहेको छ ।

  • मुभिङ एभरेज : बैङ्ककोे ५९ दिनको कारोबारमा २६ दिने र १४ दिने औसत मूल्यरेखा एकअर्कासँग टाढिएका छन् । हालको मूल्य १४ दिने औसत मूल्यरेखा र २६ दिने मूल्य रेखाभन्दा तल छ । हालको मूल्य रू.२ सय २५ देखि बजारको अवस्था परिवर्तन भइ मूल्य महँगिएमा रू. २ सय ४८ मा प्रतिरोध र मूल्य सस्तिएमा रू.२ सय १५ मा टेवा पाउन सक्छ ।अभियानबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको