Like us!
Follow us!
Connect us!
Watch us!

दशैं नजिकिएसँगै खालमा बस्न थाले जुवाडे, दुईलाख रुपैयाँसहित छजना जुवाडे पक्राउ

मंगलबार, ०३ असोज २०७४, ०७ : ४२ मा प्रकाशित

दशैं नजिकिएसँगै खालमा बस्न थाले जुवाडे, दुईलाख रुपैयाँसहित छजना जुवाडे पक्राउ

अर्थ संसार, पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले जुवा खेलिरहेको अवस्थामा छ जनालाई रु दुई लाख २६ हजार ६१५ नगदसहित पक्राउ गरेको छ ।

पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुङगास्थित शम्शेर गुरुङको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा गएको प्रहरी टोलीले वडा नं १६ का बालकृष्ण गुरुङ, ओमबहादुर गुरुङ, इमानसिंह गुरुङ, वडा नं १ बगरका शेरबहादुर गुरुङ, वडा नं १४, चाउथेका यामबहादुर गुरुङ र घरधनी शम्शेर गुरुङलाई पक्राउ गरिएको प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ गरिएका सबैलाई जिल्ला अदालत कास्कीबाट सोमबारै जुवा मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको