Like us!
Follow us!
Connect us!
Watch us!

डुंगा दुर्घटनामा दशको मृत्यु

सोमबार, ०२ असोज २०७४, १४ : २९ मा प्रकाशित

डुंगा दुर्घटनामा दशको मृत्यु

नयाँ दिल्ली– भारतको उत्तरीपूर्वी राज्य आसाममा भएको डुंगा दुर्घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार बताएका छन् ।

आसाम राज्यको सबानजोरिया नदीबाट १० व्यक्तिको शव निकालेको सोमबार अधिकारीहरुले जानकारी दिएका छन् ।
असाम राज्य सरकारद्वारा प्रकाशित विज्ञप्तिमा यस दुर्घटनामा मारिएकाहरुमा पाँच बालबालिका र दुई नाबालक समेत रहेका जनाइएको छ ।

आसामा राज्यको प्रान्तीय सहर दिसपुरबाट १९० किलोमिटर पश्चिममा रहेको गोलपारा जिल्लामा यो दुर्घटना भएको थियो ।

आइतबार भएको डुंगादौड प्रतियोगिता हेरेर आ–आफ्ना घर फर्किरहेका व्यक्तिहरु सो दुर्घटनामा परेका जनाइएको छ ।

गत हप्ता पनि उत्तर प्रदेशमा भएको एक दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको