Like us!
Follow us!
Connect us!
Watch us!

मानव बेचबिखनमा संलग्न पक्राउ

सोमबार, ०२ असोज २०७४, १२ : १३ मा प्रकाशित

मानव बेचबिखनमा संलग्न पक्राउ

अर्थ संसार, मेलम्ची– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१३ छापभञ्ज्याङबाट मानव बेचबिखनमा संलग्नलाई आइतबार साँझ प्रहरीले एक जनाई पक्राउ गरेको छ ।

आफ्नै नाताभित्रकोे एक महिलालाई बेचेको अभियोगमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएका छापभञ्ज्याङका २६ वर्षीय सुवास सार्की २०६९ चैत २८ गतेदेखि फरार रहेका थिए ।

विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्त सार्कीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो । कार्कीलाई आवश्यक कारबाहीका लागि आजै जिल्ला अदालत चौतारा बुझाइने जानकारी दिनुभयो ।

मानव बेचबिखनमा निज अभियुक्तका बाबुछोरा नै संलग्न रहेका थिए । अहिले अभियुक्तका बाबु रामचन्द्र सार्की सुन्दरा कारागारमा जेलजीवन काटिरहेका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको