Like us!
Follow us!
Connect us!
Watch us!

अनुज मणीको राजिनामा स्वीकृत, सेञ्चुरी बैंकको प्रमुखमा जिवन भट्टराई नियुक्त

सोमबार, ०२ असोज २०७४, ११ : ०६ मा प्रकाशित

अनुज मणीको राजिनामा स्वीकृत, सेञ्चुरी बैंकको प्रमुखमा जिवन भट्टराई नियुक्त

अर्थ संसार, काठमाडौं– सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत अनुज मणी तिमिल्सिनाको राजिनामा स्वीकृत गरेको छ  ।

सञ्चालक समितिको  बैठकले स्वीकृती गरेको हो । बैठकले अर्को व्यवस्था नभएसम्मको लागि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्ने गरी जिम्मेवारी दिइएको छ ।

कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाउनुभएका जीवन भट्टराई बैंकसञ्चालन हुनु पूवदेखि नै दोस्रो वरियताको रुपमा विगत ८ वर्षदेखि सेञ्चुरी बैंकमा कार्यरत हुनुहुन्छ  ।

ट्टराईले व्यवस्थापनमा Master in Philosophy   र अर्थशास्त्र, जनप्रशासन र व्यवस्थापन गरी तीन विषयमा स्नातकोत्तर डिग्री हासिल गर्नुभएको गर्नुको साथै कानूनमा स्नातक समेत हुनुहुन्छ ।

जीवन भट्टराईले विगतमा हिमालयन बैंकमा ५ वर्ष, सिद्धार्थ बैंकमा ८ वर्ष कार्य गरी सेञ्चुरी बैंकमा ८ वर्ष गरी २१ वर्षको बैंकिङ्गमा कार्य अनुभव लिनुभएको छ ।

अधिवक्ता र अडिटर समेत रहेका  जिवन भट्टराई बैंक जनताको विश्वासमा चल्ने भएकोले नीति–नियम अन्र्तगत रही नियमनकारी निकायहरुको निर्देशनको पालना गर्दै पारदर्शीरुपमा चल्नु पर्दछ भन्ने मान्यता राख्ने बैंकरको रुपमा चिनिनुहन्छ । 

भट्टराईलाई नयाँ बैंक स्थापना तथा सञ्चालन, ट्रेजरी व्यवस्थापन, समय सापेक्ष निक्षेप तथा कर्जा परिचालन गर्ने र सक्षम Negotiator कोरुपमा सफल बैंकरको रुपमा मानिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको