Like us!
Follow us!
Connect us!
Watch us!

महिला सहकारीको बचत रु ९१ लाख

आइतबार, ०१ असोज २०७४, ०८ : २२ मा प्रकाशित

महिला सहकारीको बचत रु ९१ लाख

अर्थ संसार, पोखरा–पोखरा लेखनाथ नगरपालिका वडा नं ३३ मा क्रियाशील मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था, खैरेनी, भरतपोखरीले आफ्नो बचत रु ९१ लाख पुर्याएको छ ।

संस्थाको छैटौँ वार्षिक साधारणसभामा अध्यक्ष कमलादेवी आचार्यले उद्यमशीलताका आधारमा आर्थिक समृद्धितर्फ महिलालाई उन्मुख गराउने उद्देश्यका साथ क्रियाशील सहकारी संस्थामा २०६८ साल यता ६७६ जना महिला शेयर सदस्य बनिसकेकोे बताउनुभयो ।

छरिएको महिलाको सानो पूँजी बचत गरी त्यसमार्फत उद्यमशीलता विकासका कार्यक्रम अघि सारिएको उहाँले जानकारी दिनुभयो । आयआर्जन एवं उद्यमशीलताको विकासका लागि सहकारीले दूध संकलन तथा बजारीकरण, दाना चोक्कर बिक्री वितरणजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले महिलालाई संगठित गर्दै उद्यमशीलता एवं आयआर्जनका कार्यलाई अघि बढाउनु प्रशंसायोग्य भएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको