Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा ९ जलविद्युत् कम्पनी, कुनले कति कमाए ?

आइतबार, ०१ असोज २०७४, ०७ : १७ मा प्रकाशित

नाफामा ९ जलविद्युत् कम्पनी, कुनले कति कमाए ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) सूचीकृत १६ जलविद्युत् कम्पनीमध्ये हालसम्म १२ कम्पनीले गत आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

उक्त वित्तीय विवरणको आधारमा ९ कम्पनी नाफामुखी छन् भने अन्य ३ कम्पनीको नाफा ऋणात्मक अवस्थामा छ । अरुण काबेली, छ्याङ्दी हाइड्रो र नेशनल हाइड्रोको नाफा गतवर्षको चौथो त्रैमाससम्ममा ऋणात्मक अवस्थामा रहेको हो ।

नाफामुखी ९ कम्पनीमध्ये सबैभन्दा बढी नाफा चिलिमेले कमाएको देखिन्छ । चिलिमेले गत आवको चौथो त्रैमासमा रू। ९६ करोड ६३ लाख १३ हजार नाफा कमाएको छ ।

कम्पनीले अघिल्लो वर्षको तुलनामा असार मसान्तमा पानीको बहाव सुधारिएका कारण उत्पादनमा वृद्धि भएको र नेपाल विद्युत् प्राधिकरणले उत्पादन खरीद बढाएकाले पनि नाफा बढेको बताएको छ ।

सो समयमा उसले विद्युत् विक्रीबाट रू। १ अर्ब १९ करोड ६८ लाख ९१ हजार आम्दानी गरेको छ । नाफा ऋणात्मक रहेको अरुण काबेलीले २५ मेगावाटको काबेली बी–१ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

सो कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि भने २०७३ कात्तिक ९ देखि १२ गतेसम्म ३० लाख कित्ता आईपीओ विक्री गरेको थियो । हाल उसको को चुक्ता पूँजी रू. १ अर्ब ५० करोड छ भने रू. ३८ लाख ३२ हजार नाफा ऋणात्मक छ ।

निकट भविष्यमै आयोजना सम्पन्न गरी व्यावसायिक उत्पादन शुरू गर्ने लक्ष्य यस कम्पनीले लिएको छ ।

चौथो त्रैमासमा विद्युत् प्रवाहका कारणले अपेक्षाकृत विद्युत् विक्री आय हुन नसक्दा नाफामा सुधार हुन नसकेको उल्लेख गरेको छ्याङ्दी हाइड्रोपावर कम्पनीको नाफा रू. २५ लाख ४६ हजार ऋणात्मक छ ।

 कम्पनीले प्रवर्द्धन गरिरहेको ४ मेगावाटको माथिल्लो छन्दी खोला साना जलविद्युत् आयोजना समयमै सम्पन्न गरी बढी प्रतिफलयुक्त बनाउनेतर्फ  ध्यान केन्द्रित गरेको छ ।

त्यस्तै, ऋणात्मक अवस्थामा रहेको अर्को कम्पनी नेशनल हाइड्रो मुख्य प्रवद्र्धक रहेको सुनकोशी हाइड्रो पावर कम्पनीले प्रवर्द्धन गर्ने भनिएको ४ दशमलव ५ मेगावाट क्षमता रहेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको उत्पादनको अनुमतिपत्र अख्तियारको आदेशमा उर्जा मन्त्रालयद्वारा खारेज गरिएको कम्पनीले जानकारी दिएको छ ।

यसपछि कम्पनीले शेयरधनीको लगानीको सुरक्षा र प्रतिफलका लागि भोजपुर जिल्लामा नयाँ आयोजनाको रूपमा लोअर इखुवा हाइड्रोपावर १० मेगावाटबाट वृद्धि गरी १४ दशमलव १५ को पीपीए अघि बढाएकाले निकट भविष्यमा नाफामा सुधार ल्याउने विश्वास छ । हाल कम्पनी रू. करोड १२ लाख ६९ हजार घाटामा छ । अभियानबाट 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको