Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार : तीन अर्ब बढीको कारोबार

शनिबार, ३१ भदौ २०७४, १३ : ५३ मा प्रकाशित

सेयर बजार : तीन अर्ब बढीको कारोबार

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार कुल १७७ कम्पनीको ६८ लाख चार हजार एक सय ६० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५५.८० प्रतिशत बढी हो । गत साता १७१ कम्पनीको रु  दुई अर्ब ३२ करोड सात लाख ३३ हजार बराबरका ४३ लाख ७७ हजार तिन सय ७० कित्ता सेयर खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.६५ अंकले बढेर अन्तिम दिन एक हजार ५३०.३१ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५ अंकले बढेर ३२०.७३ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकमका आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड १४ लाख ४० हजार बराबरको कारोबार भएको थियो ।

यस्तै सेयर संख्याका आधारमा  नेपाल बैंक कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । उक्त बैंकको तीन लाख ५४ हजार कित्ता सेयर कारोबार भएको थियो ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । 

यस साता मिर्मिरे माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद सेयर सूचीकृत भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको