Like us!
Follow us!
Connect us!
Watch us!

आयल निगमका गोपाल खड्कालाई कारवाही गर्न संसदीय समितिको निर्देशन

शुक्रबार, ३० भदौ २०७४, १५ : ५३ मा प्रकाशित

आयल निगमका गोपाल खड्कालाई कारवाही गर्न संसदीय समितिको निर्देशन

अर्थ संसार, काठमाडौँ– व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्कालाई निलम्बन गरी तत्काल कारवाही गर्न आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ ।

समितिले आज मन्त्रालयलाई पत्र पठाएको हो । नेपाल आयल निगमको जग्गा खरिदका सम्बन्धमा तोकिएको बजार मूल्य भन्दा चार गुणा बढी मूल्य तिरेर जग्गा खरिद गरेको भन्ने विषयमा छानबिन गर्दा अनियमितता भएको पुस्टि भएपछि समितिले कारवाहीका लागि सिफारिश गरेको हो ।

यसअघि नै संसद्को अर्को समिति लेखा समितिले पनि जग्गा खरिद प्रक्रियामा खड्काले बदमासी गरेको ठहर गर्दै कारवाहीका लागि सिफारिश गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको