Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँमा पनि जडान हुँदै विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन

विहीबार, २९ भदौ २०७४, १८ : १९ मा प्रकाशित

काठमाडौँमा पनि जडान हुँदै विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेशन

अर्थ संसार, काठमाडौँ– विश्वका विभिन्न मुलुकमा पेट्रोल पम्प जस्तै विद्युतीय सवारीका लागि चार्ज गर्ने स्टेशन निर्माण भइ सञ्चालनमा आइसकेका छन् ।

संसार भर नै पेट्रोलियम पदार्थको विकल्पमिा विद्युतीय सवारी साधनलाई अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको छ । अब नेपालमा पनि त्यस्तै खालको चार्जिङ स्टेशनहरु निर्माण हुने भएका छन् ।

नेपाल विद्युत प्राधिकरणले विद्युतिय सवारीसाधनलाई प्रोत्साहन गर्ने गरि सार्वजनिक स्थानहरुमा ब्याट्रि चार्जिङ स्टेसन स्थापना गर्ने योजना सार्वजनिक गरेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज  सार्वजनिक गरेको आगामी दिनको कार्ययोजनामा ब्याट्रि चार्जिङ स्टेसन स्थापना गर्ने योजना राखिएको हो ।

स्मार्ट ग्रीड सिस्टमलाई लागू गर्न ब्याट्री स्टोरेज सिस्टमलाई आवश्यकतानुसार जडान गर्दै जाने विद्युत गाडीको प्रयोगलाई प्रोत्साहन गरी पेट्रोलियम आयातलाई कम गर्न विभिन्न ठाउँमा ब्याट्रि चार्जिङ स्टेसन स्थापना गर्ने आगामी कार्ययोजनामा उल्लेख छ ।

कार्यकारी निर्देशक घिसिङले आगामी १० वर्षभित्र करिब १२ हजार मेगावाटसम्मको विद्युत खपत गर्न सक्ने गरी प्रमुख शहरी तथा औद्योगिक क्षेत्रहरुमा वितरण प्रणाली बिस्तार गर्ने समेत घोषणा गरेका छन् ।

त्यसैगरि देशभित्र पूर्व पश्चिम र उत्तर दक्षिण जोड्ने उच्च भोल्टेजका प्रसारण लाईनहरु निर्माण सम्पन्न गर्ने । छिमेकी देशहरुसँग जोड्ने अन्तरदेशीय उच्च भोल्टेजका प्रसारण लाईनहरु निर्माण गर्ने योजना पनि राखिएको छ भने आगामी वर्ष पनि विद्युत चुहावट करिव ३ प्रतिशतले घटाउन नीति लिईएको छ ।

यसबाहेक पनि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले अनलाईन तथा एकीकृत भुक्तानी प्रणालीलाई अबलम्बन गर्ने, ऊर्जा दक्षता कार्यक्रममा विशेष जोड दिने, स्मार्ट मिटर र स्मार्ट ग्रिडलाई प्राथिमकताका साथ कार्यान्वयन गर्ने लगायतका योजना सार्वजनिक गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको