Like us!
Follow us!
Connect us!
Watch us!

आपूर्ति सचिवले गरे गोपाल खड्कालाई कारवाही सिफारिश, अब के गर्लान् आपूर्ति मन्त्री मण्डलले ?

मंगलबार, २७ भदौ २०७४, १२ : ४४ मा प्रकाशित

आपूर्ति सचिवले गरे गोपाल खड्कालाई कारवाही सिफारिश, अब  के गर्लान् आपूर्ति मन्त्री मण्डलले ?

अर्थ संसार,काठमाडौं– आपूर्ति मन्त्रालयका सचिव कृष्ण देवकोटाले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई कारवाहीका लागी सिफारिस गरेका छन् ।

सचिव देवकोटाले आपूर्ति मन्त्री शिव मण्डललाई कार्वाहीका लागी सिफारीस गरेको स्रोतको दाबी छ ।उच्च स्रोतले दिएको जानकारीअनुसार भुमीसुधार मन्त्रालयबाट भर्खरै आपुर्तिमा सरुवा भएका सचिव देवकोटा निर्देशक खडकालाई कार्वाही सिफारीस गरेर सोमबार साझ एयर चाइनाको विमानबाट चीन भ्रमणमा निस्किएका छन् ।

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा अर्बौं रुपैयँ घोटाला भएको भन्दै त्यसका प्रमुख खड्कालाई कार्वाही गर्न चौतर्फी दबाव बढेको छ ।
 
जग्गा खरिदमा खड्का संलग्न भएको भन्दै सचवि देवकोटाले कारवाहीको लागी मन्त्री शिवकुमार मण्डललाई लिखित सिफारिस गरेका छन् ।   उनलाई संसदीय समितिले समेत कारवाही सिफारिस गरिसकेको छ । मन्त्री मण्डलमाथी खड्कालाई जोगाएको आरोप छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको