Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारी सञ्चय कोषको कार्यबहाक प्रशासकमा रौनियार नियुक्त

सोमबार, २६ भदौ २०७४, १२ : १४ मा प्रकाशित

कर्मचारी सञ्चय कोषको कार्यबहाक प्रशासकमा रौनियार नियुक्त

अर्थ संसार, काठमाडौँ–  सरकारले कर्मचारी सञ्चय कोषको कार्यवाहक प्रशासकमा दीपक रौनियारलाई नियुक्त गरेको छ ।

कृष्णप्रसाद आचार्यको पदावधि सकिएपछि सरकारले उनलाई कामु प्रशासकको जिम्मेबारी दिएको हो ।
जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेर सफल देखिएका रौनियारलाई कोषलाई थप प्रभावकारी बनाउन जिम्मा दिइएको हो ।

जलविद्युत् कम्पनी स्थापना भए लगत्तै प्रमुख कार्यकारी अधिकृत भएका रौनियारले लगानीको मोडल तथा विभिन्न जलविद्युत् आयोजनामा लगानी समेत गरेका थिए ।गत वर्ष रौनियार पदावधि सकिएपछि कोष फर्किएका थिए ।

बेतन कर्णाली बनाउँदै कोष

जलविद्युत् कम्पनीले हाल विभिन्न १४ वटा जलविद्युत् आयोजनामा सहवित्तियकरण मार्फत लगानी गरिरहेको छ ।

कर्मचारी सञ्चय कोषले ६८८ मेगावाट क्षमताको बेतन कर्णाली जलविद्युत् आयोजना अगाडि बढाइरहेको सन्दर्भमा रौनियारको नियुक्तीले आयोजना अगाडि बढाउन थप सहज हुने देखिन्छ ।

यस्तै कोष, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र निजामति कर्मचारीसहितको लगानीमा फूकोट कर्णाली समेत अगाडि बढाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको