Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् चुहावटबाट ३१ लाख राजश्व सङ्कलन

विहीबार, २२ भदौ २०७४, १३ : १२ मा प्रकाशित

विद्युत् चुहावटबाट ३१ लाख राजश्व सङ्कलन

अर्थ संसार, बनेपा– काभ्रेपलाञ्चोकमा विद्युत् चुहावटबाट कूल रु ३१ लाख ५७ हजार राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७३\७४ मा मण्डनदेउपुर, उग्रचण्डीनाला, नमोबुद्ध नगरपालिकालगायत ग्रामीण भेगमा भएको विद्युत् चुहावटबाट सो राजश्व संकलन भएको हो । यस अवधिमा विद्युत् चोरीको आरोपमा ४९ जना पक्राउ परेर राजश्व तिरी थुनामुक्त भएका छन् ।

“कडाइ गरेपछि विद्युत् चुहावट कम हुँदै गएको छ”, नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले भन्नुभयो । उहाँले चुहावट रोक्न सामाजिक चेतनाको विकास हुनुपर्नेमा जोड दिँदै विद्युत् लाइनको अनुमति लिएर पनि मिटर वाइपास गरेर चुहावट हुने गरेको बताउनुभयो ।

जिल्लामा विद्युत् बक्यौताको कूल रकम रु २० करोड ५४ लाख २५ हजार रहेको छ । सो रकममध्ये सडक बत्तीको मात्रै रु १० करोड ९८ लाख ३७ हजार रहेको छ भने घरमा जडान भएको विद्युत्को बक्यौता रु पाँच करोड ७७ लाख रहेको छ । सडक बत्तीको बक्यौता रकम बनेपा, पनौती, धुलिखेल नगरपालिकालगायतको हो ।

वितरण केन्द्र प्रमुख यादवले सडक बत्तीको रकम उठाउन निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरिएको जानकारी दिँदै कतिपय ग्राहकको विद्युत् लाइन काटेपछि बक्यौता उठेको बताउनुभयो । उहाँले उक्त रकम २०४७ सालदेखिकै बक्यौता भएको र केही रकम द्वन्द्वकालको समेत रहेको बताउनुभयो । उक्त बक्यौता रकम बनेपा, धुलिखेल आसपास क्षेत्रको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको