Like us!
Follow us!
Connect us!
Watch us!

नारायणगढ मुग्लिन सडकखण्डमा मुआब्जा वितरण

मंगलबार, २० भदौ २०७४, १६ : ४६ मा प्रकाशित

नारायणगढ मुग्लिन सडकखण्डमा मुआब्जा वितरण

अर्थ संसार, चितवन– नारायणगढ मुग्लिन सडकखण्डको सडक छेउमा रहेका पहिरोको उच्च जोखिममा परेका ४५ वटा घर स्थानान्तरणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

मुआब्जा निर्धारण समितिले गठन गरेको उपसमितिले पेश गरेको मुआब्जा रकमलाई समितिले अनुमोदन गरी घरधनीलाई मुआब्जा लिन आउन आह्वान गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार ४५ वटा घर, गोठ, शौचालय, पसललगायतको मुआब्जा रु एक करोड ४४ लाख १४ हजार निर्धारण गरिएको छ । विश्व बैंकको सहयोगमा सडक निर्माण भइरहेकाले अहिलेको भन्दा स्तरीय संरचना निर्माण गर्न बजेट पुग्ने गरी मुआब्जा निर्धारण गरिएको मुआब्जा निर्धारण उपसमितिका संयोजक नेत्रप्रसाद शर्माले बताउनुभयो ।

विस्थापन भत्ता प्रतिघर रु २० हजार, अर्को घर नबन्दासम्मका लागि भाडा रकम रु १० हजार, हाल व्यवसाय भए अर्को व्यवसाय नथालेसम्मका लागि रु १० हजार र दलित जनजाति भएमा थप रु १० हजारसमेत दिइने छ । सो कार्यका लागि रु २० लाख ८० हजार वितरण गरिँदै छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयमा गत आवमा मुआब्जाका लागि रु ५० लाख पठाइसकेको थियो । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार थप रकम तत्काल पठाउन सकिनेहुँदा प्रभावितले तुरुन्तै मुआब्जा रकम पाउने छन् ।

जीवनपयोगी सीप विकासका लागि आयोजनाले गत वर्ष पनि च्याउ, ब्रिकेट, बाख्रापालनलगायतका तालीम दिएको थियो । खनालका अनुसार यस वर्ष पनि त्यस्ता तालीम दिइने छ । तालीमपछि उनीहरुले काम गर्नका लागि रु १० हजार रकम पाउने छन् । उनीहरु बसेका सबै जमिन बाटो क्षेत्र पर्दछ ।

विश्व बैंकको सहयोगमा सडक विस्तार भएकाले व्यवस्थित स्थानान्तरण र जीवन सञ्चालनमा सहयोग पु¥याउने काम आयोजनाबाट हुनुपर्ने हुन्छ । सडक विस्तारका क्रममा ठाउँठाउँमा पहिरो खसेको र कतिपय ठाउँमा चौडा बनाउँदा स्थानीयवासीलाई स्थानान्तरण गर्नुपरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको