Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् बक्यौता सोह्र करोड

मंगलबार, २० भदौ २०७४, १४ : ३४ मा प्रकाशित

विद्युत् बक्यौता सोह्र करोड

अर्थ संसार, पोखरा– नेपाल विद्युत् प्राधिकरण पोखरा र लेखनाथ वितरण केन्द्रको विद्युत् बक्यौता रु १६ करोड दुई हजार पुगेको छ ।

सबैभन्दा बढी बक्यौता सडक बत्तीको रहेको छ । सडक बत्तीको बक्यौता भुक्तानी गर्न पोखरा–लेखनाथ महानगरपालिकालाई ताकेता गरिएको कार्यालयका सूचना अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

विद्युत् महशुल उठाउन बाँकी रहेकामध्ये अन्य कार्यालयमा महानगरपालिका कार्यालयको रु एक लाख ९६ हजार, कृषिसँग सम्बन्धित कार्यालयको रु १० हजार र अन्य सरकारी कार्यालयको रु तीन लाख ६८ हजार रहेको छ । कार्यालयले आव २०७३÷७४ मा विद्युत् महशुल रु एक अर्ब ३२ करोड ६७ लाख ८४ हजार उठाएको छ ।

सो अवधिमा मिटर रिडिङ भएको हप्ता दिनभित्रमै महशुल बुझाउने ग्राहकले रु दुई करोड ९१ लाख ७२ हजार मिनाहासमेत पाएका छन् । कास्कीमा विद्युत् ग्राहकको संख्या ७२ हजार ४०० पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको