Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली युवा इन्जिनियरले बनाए स्मार्ट इलेक्ट्रिक ह्विलचियर

मंगलबार, २० भदौ २०७४, १२ : ५७ मा प्रकाशित

नेपाली युवा इन्जिनियरले बनाए स्मार्ट इलेक्ट्रिक ह्विलचियर

अर्थ संसार, काठमाडौं – नेपालमै पहिलो पटक युवा इन्जिनियरको सक्रियतामा स्मार्ट इलेक्ट्रिक ह्विलचियर सार्वजनिक गरिएको छ ।

चार नेपाली युवाको दुई वर्षको प्रयासपछि बनाउन सफल भएको ह्विलचियरको आज  राजधानीमा एक कार्यक्रमबीच अर्थराज्यमन्त्री उदयशम्सेर राणा, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

हालसम्म विदेशबाट मात्रै ह्विलचियर आयात गरिरहेकोमा नेपाली युवाको टोलीले ह्विलचियर बनाई सार्वजनिक गरिएको हो ।निर्माण सामाग्रीको उत्पादन गर्दै आएको गोर्खा इको प्यानलको उपलव्ध गराएको वर्कसपमा उक्त ह्विलचियर बनाइएको हो ।

इन्फिनिटी ल्याबका अध्यक्ष सुनिल परियारले हाललाई नमूनाको रुपमा ह्वियचियर बनाएको बताउनुभयो ।कसैको सहयोग पाए व्यवसायिक रुपमा बनाइ विक्रीवितरण गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

उक्त  ह्विलचियरमा बसेर गएका कोही पनि व्यक्ति दुर्घटनामा परे घरका परिवारलाई मोवाइलमा एसएमएस जाने समेत सुविधा भएकोले यो ह्विलचियर स्मार्ट रहेको उहाँको भनाइ छ ।  

परियारकाअनुसार विदेशको कहीकतै नबिग्रेको कालोपत्रे बाटोमा मात्रै नभई नेपालकै खाल्डाखुल्डीयुक्त बाटोमा पनि सजिलै गुडाउन सकिने यो गुणस्तरीय ह्विल चियर हो । ह्विचियरमा वस्ने अशक्त व्यक्तिको पिशाब राख्ने व्यवस्था पनि रहेको जनाइएको छ ।

कार्यक्रममा अर्थराज्यमन्त्री राणाले नेपाली युवाको सम्मान गर्दै यसमा सरकारले पनि सहयोग गर्ने वचन दिनुभयो । त्यसका लागि आवश्यक कच्चा पदार्थको भन्सार छुट गरिदिन पहल गर्ने उहाँको भनाइ थियो ।
मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपाली युवा इन्जिनियर नेपालमै राखेर काम गराउने वातावरण आवश्यक भएको खाँंचो औंल्याउनुभयो ।

 पुल्चोक इन्जिनियर क्याम्पसका प्रा डा भरत शर्माले अपांगमैत्री वाटोको आवश्यक रहेको बताउनुभयो ।गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले सामाजिक उतरदायित्व अन्तर्गत नेपाली युवा इन्जिनियरलाई प्रोत्साहन गर्न आफूहरुले सहयोग गरेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

सेयरमा लगानी गर्ने हो ? बैंक तथा वित्तीय संस्थाले बोलाएर दिन्छन् ऋण 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको