Like us!
Follow us!
Connect us!
Watch us!

सेयरमा लगानी गर्ने हो ? बैंक तथा वित्तीय संस्थाले बोलाएर दिन्छन् ऋण

मंगलबार, २० भदौ २०७४, १२ : १९ मा प्रकाशित

सेयरमा लगानी गर्ने हो ? बैंक तथा वित्तीय संस्थाले बोलाएर दिन्छन् ऋण

अर्थ संसार, काठमाडौं –  सेयरमा लगानी गर्ने मन छ , पैसा नभएर लगानी गर्ने मन भएर पनि चुपचाप बस्नु भएको छ । त्यसो हो भने अब चिन्ता नगर्नुस् । तपाईलाई बैंक तथा वित्तीइ संस्थाले बोलाई बोलाई सेयर कर्जा दिनेछन् ।

बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा लिन लगानीकर्तालाई बोलाउन थालेका छन् ।नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मार्जिन प्रकृतिको कर्जाका लागि नयाँ निर्देशन जारी गरेपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाको नयाँ योजना ल्याएका छन् ।

नबिल बैंकले सजिलो कर्जा नै नबिल सेयर कर्जा भनेर सेयर कर्जा दिने योजना ल्याएको छ ।  आफुसंग भएको सेयर धितोमा राखेर सहज रुपमा आकर्षक ब्याज दरमा कर्जा लिन सकिने जनाएको छ ।

यस्तै मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जा योजना ल्याएको छ । सेवा शुल्कमा विशेष छुट दिने भन्दै सेयर कर्जा योजना ल्याएको जनाएको छ । 

आवश्यक कागजात पेश गरेको २ दिनमै सेयर कर्जा पाइने बैंकले जानकारी दिएका छ । सर्वसुलभ दरमा सहज रुपमा सेयर कर्जा दिने घोषणा गरेको छ । नबिल र मुक्तिनाथले लिने ब्याज दर समेत  घोषणा गरेका छैनन् ।

यस्तै कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न ।

यो समयमा बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने योजना ल्याएको छ ।बैंकले बजार मूल्यको ५० प्रतिशत सम्म एक वर्षाको कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने  छ ।

नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा थप अंकुश लगाउदै बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी को ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

गत वर्ष मार्जिन प्रकृतिको कर्जा लगानी साढे ७ प्रतिशत बढेर रु ४० अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको थियो ।

यस्तो कर्जा गत वर्ष मात्रै रु २ अर्ब ८१ करोड ८८ लाख थियो । वित्तीय घर्षण बढेपछि गत माघदेखि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जालाई अनुत्पादक भन्दै लगानीमा अंकुश लगाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको