Like us!
Follow us!
Connect us!
Watch us!

पैसा जम्मा गर्नुहोस्, बजारमा चार लद्युवित्त कम्पनीको आइपिओ आउँदै

सोमबार, १९ भदौ २०७४, ०५ : ०० मा प्रकाशित

पैसा जम्मा गर्नुहोस्, बजारमा चार लद्युवित्त कम्पनीको आइपिओ आउँदै

अर्थ संसार, काठमाडौं–  सेयर बजारमा चार लद्युवित्त कम्पनीको साधारण सेयर (आइपिओ) आउने भएको छ ।

तीन लद्युवित्त कमपनीको आइपिओ र नेपाल ग्रामिण विकास बैंकको एफपिओ आउने भएको हो ।

चार मध्ये सपोर्ट माइक्रोफाइनान्स  वित्तिय संस्था लिमिटेड र नेपाल ग्रामिण विकासले नियामन निकाय धितोपत्र बोर्डबाट सेयर निष्काशनको  अनुमति पाइसकेका छन् भने सामुदायिक लद्युवित्त र उन्नती माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले बोडको अनुमतिको पर्खाइमा रहेका छन् ।

नेपाल ग्रामिण विकास बैंक

नेपाल ग्रामिण विकास बैंक लिमिटेडको फर्दर पब्लिक अफरिङ (एफपीओ)  एफपिओ भदौ २७ गते निष्काशन गर्ने भएको छ । बैंकले आइपिओको भाउमा एफपिओ निष्काशन गर्न लागेको हो ।

१ सय अंकित मूल्यमा बैंकको ९ लाख ७५ हजार कित्ता एफपिओ निष्काशन गर्न लागेको छ । यस बैंकको सेयर मूल्य विहिबार ७५५ रुपैयाँ प्रतिकित्ता कारोबार भइरहेको छ ।

सेयर लगानीकर्ताले भदौ २७ देखि छिटोमा भदौ ३० र ढिलोमा असोज १० गतेसम्म धितोपत्र बोर्डबाट आस्बा सेवामा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाका देशैभरका शाखाबाट आवेदन दिन सकिनेछ । बैंकले एफपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपीओबाट ९ करोड ७५ लाख रुपैयाँ पूँजी थप भएपछि कम्पनीको पूँजी ६५ करोड ५५ लाख रुपैँया पुग्नेछ ।

वटा कार्यालयहरु स्थापना गरी २ लाख १० हजार ९ सय १२ ग्राहक सदस्य र १ लाख ३६ हजार ५ सय १४ ऋणी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु पुर्याउँदै आएको जनाएको छ ।

सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड

सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले पनि साधारण सेयर (आइपिओ) निष्काशन गर्नको लागि धितो बोर्डबाट अनुमति पाएको छ ।

लिमिटेडले १ सय अंकित  मूल्यमा १ करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

आइपिओ निष्काशनको लागि यस संस्थाले एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्ति गरेको छ ।

सामुदायिक लद्युवित्तिय संस्था  लिमिटेड

यस संस्थाले १ सय अंकित मूल्यमा ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता सेयर साधारण सेयर  निष्काशन गर्न नियामन निकाय धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

सेयर निष्काशनको लागि सामुदायिक लद्युवित्तिय संस्थाले एनएमबी क्यापिटल र  नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेडलाई बिक्री तथा प्रबन्धकमा नियुक्ति गरेको छ ।

उन्नती माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड

यस  माइक्रोफाइनान्स वित्तिय संस्थाले एक करोड ६५ लाख रुपैयाँ  बराबरको एक लाख ६५ हजार कित्ता सधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

सेयर निष्काशनको लागि कम्पनीले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

तीन करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस माइक्रोफाइनान्सको आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासमा एक करोड ६९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको