Like us!
Follow us!
Connect us!
Watch us!

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न प्रहरीको आग्रह, बिक्री गरे कारबाही हुने

अर्थ संसार

बुधबार, ११ माघ २०७९, ११ : ५० मा प्रकाशित

बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न प्रहरीको आग्रह, बिक्री गरे कारबाही हुने

जिल्ला प्रहरी परिसर, काठमाण्डौँले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ नबेच्न अनुराेध गरेकाे छ ।

पछिल्लो समयमा काठमाण्डौँ जिल्लाका केही पेट्रोल पम्पहरूबाट खुल्लारुपमा बोतल, जर्किन लगायतका भाँडोमा अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोप्रति सूचना जिल्ला प्रहरी परिसर काठमाण्डौँले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

अति प्रज्ज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर,पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय एवं भौतिक क्षति समेत हुने सुरक्षा संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्लारुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न नगराउन प्रहरीले आग्रह गरेकाे छ ।

सुरक्षा संवेदनशीलताको सूचना विपरित पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून बमोजिम हदैसम्मको कानूनी कारबाही हुने प्रहरीले जनाएकाे छ ।

सूचना हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको