Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप नेशन २०३० सुरूवात हुने

अर्थ संसार

मंगलबार, १० माघ २०७९, १२ : ०९ मा प्रकाशित

नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्टअप नेशन २०३० सुरूवात हुने

नेपालमा युवाहरू बीच बढ्दो उद्यमशीलताको उत्साहलाई थप उत्प्रेरित गर्न नेपाल सरकार स्टार्ट अप नेसन २०३० को फ्रेमवर्कमा नेपाल सरकार कार्य गरिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बाबुराम गौतमले बताएका छन्।

उनले भारतीय दुतावासले आयोजना गरेको स्टार्ट अप कनेक्ट सम्मेलनमा युवा उद्यमी, विद्यार्थी बीच बोल्दै यस्ताे बताएका हुन् । सचिव गौतमले नेपाल सूचना प्रविधिको विकास, स्टार्ट अप प्रवर्द्धन र स्टार्टअप एवम् उद्यमशीलता मैत्री वातावरण निर्माण नेपाल सरकारको प्राथमिकता रहेको बताएका थिए। उनले मिसन स्टार्ट अप नेसन सफल गर्न निजी क्षेत्रको सहभागिता र स्टार्ट अप इकोसिस्टममा कार्य गरिरहेका संस्था सँग सहकार्य गर्ने बताएका थिए।

उनले नेपालमा रोजगारी सृजना, उद्यमशीलता प्रवर्धन, उद्यामी सोचलाई सम्मान, उपलब्ध स्रोत साधन र सोचाईको उपभोग एबम्, विकास र स्थायीत्वको लागि नवप्रवर्द्धन आवश्यक रहेको बताएका छन्। सरकारले उद्यमशीलता प्रवर्द्धन गर्न स्टार्ट अप नीति अन्तिम चरणमा रहेको, स्टार्ट अप फण्डिङलाई प्रवर्द्धन गर्न गाइडलाइन तयार गरिरहेको, इनक्युबेसन स्थापनाको लागि सम्भाव्यता अध्ययन भइरहेको र प्रशिक्षण र प्रविधि एक्सचेन्ज मा कार्य गरिरहेको बताएका थिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको