Like us!
Follow us!
Connect us!
Watch us!

तत्काल मुआब्जा वितरण गर्न बुढीगण्डकी प्रभावितको माग

शनिबार, १७ भदौ २०७४, १९ : २७ मा प्रकाशित

तत्काल मुआब्जा वितरण गर्न बुढीगण्डकी प्रभावितको माग

अर्थ संसार, काठमाडौं–  गत असारदेखि बुढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले मुआब्जा नपाएको भन्दै गुनासो गरेका छन् ।

मुआब्जा पनि नपाएको र आयोजनाको सबै काम रोकिएको भन्दै प्रभावितले आज माइतीघर मण्डलामा विरोध गरेका हुन् ।
प्रभावित क्षेत्रका बासिन्दाले  रोकिएको मुआब्जा वितरण तत्काल सुरु गर्नुपर्ने, बजार क्षेत्रको मुआब्जा निर्धारण गर्नुपर्ने, घर गोठ र बोटविरुवाको लगत संकलन गर्नुपर्ने लगायत माग राखेका छन् ।

सरकारले धादिङ र गोरखाका तत्कालीन २७ गाविसको मुआब्जा निर्धारण गरेपनि आरुघाट, खहरे बजारलगायतका स्थानको मुआब्ज निर्धारण गरेको छैन ।

स्थानीय प्रभावितले आयोजनाको नाममा राजनीति नगर्न, तत्काल निर्माण सुरु गर्न समेत माग राख्दै प्रदर्शन गरेको बुढीगण्डकी आयोजना सरोकार समितिका अध्यक्ष हरेराम ढकालले जानकारी दिनुभयो ।

आयोजनाको डुवान क्षेत्रका भूकम्पपीडितले हालसम्म अनुदान समेत पाएका छैनन् । बुढीगण्डकी आयोजना वातावरण, मुआब्जा वितरण, पुनर्बास र पुनस्थापना इकाइले मुआब्जा वितरण गर्न सकेको छैन ।

सरकारले आयोजना निर्माणका लागि भन्दै चिनियाँ कम्पनीसँग समझदारी गरेको छ । चिनियाँ कम्पनीसँग समझदारी भएपछि मुआब्जा वितरणलागयतका कार्य प्रभावित भएको छ ।
 पुनर्बास तथा पुनस्थपना इकाइले आफूमा आर्थिक अधिकार नभएको भन्दै मुआब्जा वितरण नगरेको स्थानीयको आरोप छ ।

बुढीगण्डकी सरोकार समिति आरुघाट विशालनगरका अध्यक्ष दिनेश ढकालले डुवान क्षेत्रका अन्य जग्गाको मुआब्जा तोकिए पनि बजार क्षेत्रको नतोकेर अन्योलमा राखिएको बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको