Like us!
Follow us!
Connect us!
Watch us!

रन्तपार्क र महाराजगन्जको विद्युतीय प्रणाली भूमिगत गर्न एडिबीको १५ अर्ब रकम प्राप्त

शुक्रबार, १६ भदौ २०७४, ११ : २२ मा प्रकाशित

रन्तपार्क र महाराजगन्जको विद्युतीय प्रणाली भूमिगत गर्न एडिबीको १५ अर्ब रकम प्राप्त

अर्थ संसार, काठमाडौँ– मुलुकको राजधानीको विद्युत् प्रणालीलाई भूमिग गर्न एसियाली विकास बैंकले रु १५ अर्ब ४० करोड ऋण सहयोग उपलब्ध गराएको छ ।

विद्युतीय वितरण प्रणालीलाई भूमिगत तथा अटोमेसन (भूमिगत) गर्न बैंकले उक्त रकम उपलब्ध गराएको हो ।
मन्त्रिपरिषदको केही दिन पहिलेको  बैठकले बैंकको रु १५ अर्ब ४० करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ ।

एडीबीको ऋण लिने भएपछि नेपाल विद्युत प्राधिकरणले महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रमा बिजुली प्रावहलाई भूमिगत वितरण प्रणालीमा लैजाने योजना अघि बढ्ने भएको छ ।

ती क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भुगित गर्न प्राधिकरणले अन्तराष्ट्रिय प्रतिस्पर्धा बोलपत्र आब्हान गरिसकेको छ ।
बोलपत्रमा वितरण सञ्जाल क्षमता बढाउने, बिजुलीका तारलाई भुमिगत र वितरण प्रणालीलाई अटोमेशन गर्ने उल्लेख छ । रत्नपार्कको बोलपत्र पेश गर्ने मिति असोज १९ गतेलाई तोकिएको प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणले पहिलो चरणमा उत्तरी क्षेत्र महाराजगञ्ज वितरण केन्द्रका लागि ग्लोबल टेण्डरको आब्हान गरिसकेको छ । पहिलो चरणको बोलपत्र पेश गर्ने मिति असोज ४ गते तोकिएको छ ।

बोलपत्रदाताले भूमिगत वितरण प्रणालीको खाका समान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने बोलपत्रमा उल्लेख छ । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भुमिगत र अटोमेसन गरिने प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको