Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीको कारोबार २४ अर्ब

विहीबार, १५ भदौ २०७४, १२ : ३५ मा प्रकाशित

सहकारीको कारोबार २४ अर्ब

अर्थ संसार, दमक–जिल्लाका विभिन्न सहकारी संस्थाले करिब रु २४ अर्बको कारोबार गरेका छन् ।वर्षेनी सहकारी थपिने क्रम बढेसँगै कारोबारमा पनि वृद्धि हुँदै गएको छ ।

सहकारी डिभिजन कार्यालयका डिभिजन अधिकृत दुर्गाप्रसाद न्यौपानेका अनुसार आव २०७२/७३ मा लेखा परीक्षण प्रतिवेदन बुझाएका सहकारी संस्थाको कुल कारोबार रु २३ अर्ब ९६ करोड ५१ लाख ६७ हजार रहेको छ ।

आव २०७३÷७४ को लेखापरीक्षण प्रतिवेदन आउन बाँकी छ । सहकारी संस्थाले असोज मसान्तसम्म कार्यालयमा लेखा प्रतिवेदन बुझाउनुपर्ने नियम छ । असोज मसान्तपछि सहकारीले जरिवाना बुझाएर लेखापरीक्षण प्रतिवेदन बुझाउने सक्ने प्रावधान छ ।

आव २०७३÷७४ सम्ममा जिल्लामा ८९९ वटा सहकारी दर्ता छन् । तीमध्ये नौवटा खारेजी तथा छवटा आपसमा गाभिएका छन् । बचत तथा ऋण प्रकृतिका सहकारी संस्थाको कारोबार उच्च रहेको देखिएको छ । प्रतिवेदन बुझाएका २३६ वटा बचत तथा ऋण प्रकृतिका सहकारी संस्थाले रु छ अर्ब ८५ करोड ७७ लाख ८५ हजार बचत गरी रु नौ अर्ब १० करोड ८१ लाख ८३ हजार ऋण लगानी गरेका छन् ।

यस्तै प्रतिवेदन बुझाएका २७३ वटा कृषि प्रकृतिका सहकारी संस्थाले रु एक अर्ब ३९ करोड ८७ लाख ७७ हजार ६४७ बचत गरी रु दुई अर्ब २९ करोड ९५ लाख ४० हजार ८३४ ऋण लगानी परिचालन गरेका छन् । प्रतिवेदन बुझाएका ७४ वटा बहुउद्देश्यीय प्रकृतिका सहकारी संस्थाले रु पाँच अर्ब ३७ करोड ९४ लाख ९० हजार बचत गरी रु छ अर्ब २५ करोड चार लाख ७७ हजार ऋण लगानी गरेका छन् ।

एक सय ४६ वटा सहकारीले वर्षेनी रु एक करोडदेखि रु पाँच करोड, ४८ वटा सहकारीले रु पाँच करोडदेखि रु ५० करोडसम्मको तथा रु ५० करोडभन्दा बढी चारवटा सहकारीले कारोबार गर्दैआएका छन् । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको