Like us!
Follow us!
Connect us!
Watch us!

बाढीपीडितलाई रु एक्काइस लाख राहत वितरण

बुधबार, १४ भदौ २०७४, १२ : ५१ मा प्रकाशित

बाढीपीडितलाई रु एक्काइस लाख राहत वितरण

अर्थ संसार, दाङ– यहाँका बाढीपीडितलाई राहत वितरण शुरु गरिएको छ । घर पूर्णरुपमा घर भत्किएकालाई रु प्रतिघर १० हजार र विस्थापित परिवारमा प्रतिव्यक्ति रु दुई हजार १०० का दरले १०९ घरपरिवारलाई पहिलो दिन रु २१ लाख ४२ हजार १०० वितरण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार राजपुर गाउँपालिकामा १६वटा घर ७३ जनालाई तीन लाख १३ हजार ३००, लमही नगरपालिकामा २३ घर र १०३ जनालाई रु चार लाख ४६ हजार ३००, दंगिशरण गाउँपालिकामा ३३ घर र १५६ जनालाई रु ६ लाख ५७ हजार ६०० वितरण गरिएको छ ।

यसैगरी बबई गाउँपालिकामा ३७ घर र १६९ जनालाई रु सात लाख २४ हजार ९०० बाँडिएको छ । बाढी र डुबानबाट पीडित बनेकालाई सरकारले रु ४० लाख राहत रकम पठाएको थियो । जिल्लामा अहिलेसम्म सात जनाको मृत्यु र २९३ घर पूर्णरुपमा भत्किएकाले एक हजार ८२ जना विस्थापित भएका छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको