Like us!
Follow us!
Connect us!
Watch us!

सूचीकृत कम्पनीलाई नविकरण गर्न नेप्सेको सूचना

मंगलबार, १३ भदौ २०७४, २० : ०८ मा प्रकाशित

सूचीकृत कम्पनीलाई नविकरण गर्न नेप्सेको सूचना

अर्थ संसार, काठमाडौँ– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई चालु आर्थिक वर्षको वार्षिक सूचीकरण नविकरण शुल्क असोज मसान्तभित्रमा बुझाउन आग्रह गरेको छ ।

स्टकले  सूचना प्रकासित गरी नेप्सेले तोकिएको समयभित्र नविकरण शुल्क नबुझाउने सूचीकृत कम्पनीको सेयर कारोबार स्थगन गर्ने चेतावनी पनि दिएको छ ।

सूचनाअनुसार रु १० करोड भन्दा धेरै चुक्ता पुँजी हुने कम्पनीले रु ५० हजार, रु ५ करोडदेखि १० करोड सम्म चुक्ता पुँजी हुनेले रु ३५ हजार र रु १ करोडदेखि ५ करोडसम्म चुक्ता पुँजी हुने कम्पनीले रु २५ हजार नविकरण शुल्क बुझाउनुपर्नेछ ।

त्यसैगरी, रु १ करोडसम्म चुक्त पँुजी हुने कम्पनीले पनि रु १५ हजार नविकरण शुल्क बुझाउनुपर्नेछ । नेप्सेले ग्लोबल आइएमई बैंकको खाता नम्बर ७५०१०१००००७७५ मा नविकरण शुल्क जम्मा गरी सक्कल बैंक भौचर पठाउन सूचीकृत कम्पनीलाई अनुरोध गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको