Like us!
Follow us!
Connect us!
Watch us!

बाढी पीडितलाई आरबी कम्प्लेक्सको ६ लाख बढी सहयोग

मंगलबार, १३ भदौ २०७४, ११ : ५६ मा प्रकाशित

बाढी पीडितलाई आरबी कम्प्लेक्सको ६ लाख बढी सहयोग

अर्थ संसार, काठमाडौँ–आर बी कम्प्लेक्स व्यवसायी संघले नेपाल चेम्वर अफ कमर्सको विपद व्यवस्थापन इकाइलाई राहत तथा सहयोग सामग्री हस्तान्तरण गरेको छ ।
 
उक्त इकाइका संयोजक एवं चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ललाई वाढीपहिरो पीडितलाई वितरण गर्न नगद तथा जिन्सी सामान हस्तान्तरण गरेको छ ।
 
आर वी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष पर्शुराम दाहालको उपस्थितिमा संघका उपाध्यक्ष सुसान्त घिमिरेले नगद एक लाख ११ हजार र पाँंच लाख बराबरको जिन्सी (लतकपडा, जुतालगायतका) सामान हस्तान्तरण गरेको छ ।
 
उक्त अवसरमा आर बी कम्प्लेक्स व्यवसायी संघका महासचिव सन्दीपकुमार अग्रवाल, सचिव थानेश्वर ज्ञवाली, चेम्वर कार्यसमिति सदस्य टिकाराम शर्मालगायतका महानुभाबहरुको उपस्थिति रहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको