Like us!
Follow us!
Connect us!
Watch us!

मिर्गौला रोगीलाई दश लाख सहयोग

सोमबार, १२ भदौ २०७४, १० : २१ मा प्रकाशित

मिर्गौला रोगीलाई दश लाख सहयोग

अर्थ संसार, रत्ननगर (चितवन)– दुवै मिर्गौला फेल भएका चितवन खैरहनीका हरेराम महतोलाई बचाउन आर्थिक संकलन अभियान शुरु गरिएको छ ।

यहाँको सिर्जनशील थारु समाजले शुरु गरेको अभियानका क्रममा करिब रु १० लाख सहयोग संकलन भएको समाजका अध्यक्ष कारी महतोले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुग्नुभएका चितवनको खैरहनी नगरपालिका– १ बहेराका हरेरामको चार महिना अघि दुवै मिर्गौला काम नलाग्ने भएपछि घर फर्किएका थिए । पैँतीस वर्षीय हरेरामको काठमाडौँस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । उहाँको मिर्गौलाको डायलासिस भने नेशनल डायलासिस सेन्टर वसुन्धरामा चलिरहेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १ का मित्रमणि कँडेल र नवलपरासी गैँडाकोट नगरपालिका– ५ गणेश मन्दिर बस्ने देवेन्द्र पुन मगरले पोर्चुगलमा आर्थिक संकलन गरी शनिबार मात्रै रु दुई लाख सहयोग पठाएको कारीले जानकारी दिनुभयो ।

पोर्चुगलमा रहेका विभिन्न व्यक्ति र समूहबाट संकलन गरेर पठाएको रु दुई लाख खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरी र मित्रमणिका बुबा डम्बरप्रसाद कँडेलले पीडितकी आमा शनिचरी महतोलाई हस्तान्तरण गरिएको थियो ।

आर्थिक सहयोग संकलन हुनेक्रम अझै जारी रहेको र अहिलेसम्म रु १० लाख जति संकलन भएको जनाइएको छ ।
दक्षिण कोरियाबाट रु ८० हजार, अष्ट्रेलियाबाट दुईपटक गरी रु ७५ हजार, अमेरिकाबाट रु एक लाख ३५ हजार, क्यानडाबाट रु ४० हजार तथा साउदी, दुबई, कतार र मलेसयाबाट समेत सहयोग आएको अभियान्ता कारी महतोले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको