Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल आइडलबाट सुजता पाण्डे आउट, अब पालो कसको ?

शनिबार, १० भदौ २०७४, १२ : ११ मा प्रकाशित

नेपाल आइडलबाट सुजता पाण्डे आउट, अब पालो कसको ?

अर्थ संसार, काठमाडौं– नेपाल आइडलको टप ५ बाट सुजता पाण्डे बाहिरिएकी छन् । एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो अन्तरगत  शुक्रबार भएको नेपाल आइडल प्रतियोगिताको टप ५ बाट पाण्डे बाहिरिएकी हुन् ।

रूपन्देही तिलोत्तमा–८, मणिग्रामकी सुजाता पाण्डे हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै टप ५ सम्म पुगेकी थिइन् । बुटवलको बागेश्वरी संगीतालयमा संगीत कक्षा सिक्दै गरेकी पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको राममणि बहुमुखी क्याम्पसमा बीबीएस अध्ययनरत छिन् ।

नेपाल आइडलको टप ४ मा बुद्ध लामा, निसान भट्टराई, सागर आले र प्रताप दास छन् । नेपाल आइडलबाट पाण्डे आउटसँगै अबको आउट हुने हो त्यसको लागि केही दिन कुर्नु पर्ने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको